विश्व च्याम्पियन जर्मनी बाहिरियो



मस्को, (एजेन्सी)
गत संस्करणको च्याम्पियन जर्मनी रुसमा जारी विश्वकपबाट पहिलो चरणबाटै बाहिरिएको छ ।
बुधबार कजानमा भएको खेलमा दक्षिण कोरियासँग २–० गोलअन्तरले हारेपछि जर्मनी समूह चरणबाट बाहिरियो । ६ मिनेट थपिएको इन्जुरी समयमा एसियन पावरहाउसले दुबै गोल गरेर विश्वकपमा सानदार जित हात पारेको हो । कोरियाको यो युरोपियन टोलीमाथि पहिलो जित हो । जर्मनीलाई १९३८ विश्वकपपछि पहिलो पटक समूह चरणबाट बाहिरिन बाध्य तुल्याउन किम योंग ग्वोन र सन हिउंग मिनले प्रमुख भुमिका खेले ।


जर्मनी समूह चरणमा बाहिरिने लगातार तेस्रो च्याम्पियन टोली ।
यसअघि स्पेन २०१४ मा र इटाली २०१० मा समूह चरणबाट बाहिरिएको ।
जर्मनी १९३८ पछि पहिलो पटक समूह चरणबाट बाहिरिएको ।


यद्दपि निर्धारित ९० मिनेटमै ०–० नतिजाको स्थितिमै जर्मनी बाहिरिसकेको अवस्था थियो । अर्को खेलमा स्वीडेनले मेक्सिकोलाई ३–० ले हराएपछि जर्मनीलाई यो खेल जित्नै पर्ने थियो । ६ मिनेट थपिएको इन्जुरी समयमा भने नाटकीय ढंगले कोरियन टिमले गोल ग¥यो। किमले गरेको ६ यार्डको गोल पहिले अफसाइड घोषित गरेको थियो । तर भारको सहयोगमा गोल मान्य दिएपछि जर्मनीको दुर्दशा शुरु भयो । फेरि गोलकिपर म्यानुल नीउर मिडफिल्ड भन्दा माथि आएर खेल्न आएपछि लामो पासमा सनले अर्को गोल थपेर जर्मनी र टोलीका समर्थकलाई निरास बनाए ।

स्वीडेन समूह विजेता
समूह एफ कै अर्को खेलमा स्वीडेन ३–० ले विजयी हुँदै समूह विजेता बन्यो । ६ अंक जोडेको स्वीडेनले शीर्ष स्थान हात पार्दा पराजित मेक्सिको ६ अंकसहित दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुग्न सफल भयो । अर्को खेलमा जर्मनीले हार बेहोरेपछि मेक्सिकोको भाग्य चम्क्यो । यदि जर्मनी १–० ले मात्रै जितेपनि मेक्सिको बाहिरिने पक्का थियो ।
जर्मनीसँग अन्तिममा हार बेहोरेको स्वीडेनले ५० औं मिनेटमा अग्रता बनाएको थियो । लडवीग अगस्टीनसनले गोल गरेर अग्रता दिलाएकोमा एन्ड्रीयाज ग्रानक्वीस्टले ६२ औं मिनेटमा पेनाल्टी गोलमार्फत् स्वीडेनलाई जित दिलाउन पक्का गरे । त्यस्तै ७५ औं मिनेटमा एडसन अल्भारेजले आत्मघाती गोल गरेपछि स्वीडेनको सानदार जित संभव भयो ।

 

प्रतिक्रिया दिनुहोस्