फेरि किस गर्न खोजे



मस्को, (एजेन्सी)
रुसमा जारी विश्वकपमा दोस्रो पटक महिला पत्रकार प्रत्यक्ष प्रसारणको क्रममा छेडखानीको सिकार भएकी छिन् । ब्राजिलकी खेल पत्रकार जुलिया गुइमारेसलाई येकाटेरिनबर्गमा जापान र सेनेगलको खेलपछि तब क्यामरामै एक पुरुषले किस गर्ने प्रयास गरेका थिए । जुलिया तुरुन्तै ती व्यक्तिबाट टाढा भएर गाली गरेकी थिइन् । प्रत्यक्ष प्रसारण दिइरहेकी जुलियाले यस्तो कहिल्यै नगर भनेर गाली गरिन् ।
उनले बताइन्—कोही महिलासँग यस्तो व्यवहार नगर्नु । उनलाई सम्मान गर ।

ती व्यक्तिले पछि माफी पनि माँगेका थिए । उनले गरेको यस्तो व्यवहार सामाजिक संजालमा भायरल पनि भइसकेको छ । जुलियाले ट्वीटमा पनि लेखिन्—मसँग यसको लागि शब्द छैन । भाग्यले मैले ब्राजिलमा यस्तो कहिल्यै अनुभव गरेकी छैन । तर यहाँ दोस्रो पटक यस्तो भइसकेको छ । यो लाजलाग्दो कुरो हो ।

 

प्रतिक्रिया दिनुहोस्