वडाबाटै ५ फाइल गायब, इन्जिनियरलाई कडा कारबाही गर्न माग



नुवाकोट, (नेस)
इन्जििनियरको लापरवाहीको कारण विदुर नगरपालिका वडा नं ११ को गेर्खुमा तेस्रो किस्ताका लागि भरिएको ५ ओटा फाइल नै गायब भएको छ ।

लाभग्राहीले तेस्रो किस्ताको लागि करिव साढे चार महनाअघि घर सम्पन्न भएको प्रमाणपत्र वडा नं ११ का इन्जिनियर रामचन्द्र पौडेललाई बुझाएपनि किस्ता नआएको लाभग्राहीले गुनासो गरेका छन । चार महिनासम्म पनि तेस्रो किस्ता बापतको रकम बैकमा नआएपछि लाभग्राहीले फाइल खोज्दा कतै नभेटेको बताएका छन ।

पिडितहरुले फाइल खोज्न र्दैनिक डिभिजन कार्यालय, प्राविधिक कार्यलय र कोष नियन्त्रणमा पुग्दा वडाबाट्टै फाइल नआएको भन्दै फर्काउने गरेको बताएको छ । पिडितहरुले वडाबाट नै फाइल नपठाएको भन्दै पुन वडामा गएर हेर्दा फाइलनै हराएको र सम्बन्धित निकायमा इन्जिनियरले पेश नै नगरेको एक पिडितले संजीवनी समाचारलाई बताए ।

लाभग्राहीको फाइल हराएको विषयमा विदुर नगरपालिका वडा नं ११ का वडाअध्यक्ष तोयानाथ तिमल्सीनाले पनि केही फाइल प्राविधिक कारणले यताउता भएको र केही फाइल हराएको घुमाउरो शैलीमा स्वीकार गर्नुभएको छ ।

तर लाभग्राहीहरुले इन्जिनियर रामचन्द्र पौडेलले चरम लापरवाही गरेको भन्दै कायरवाहीको लागि सम्बन्धित निकायमा छलफल गर्दा समेत सुनुवाई नभएको गुनासो गरेका छन । फाइल हराएको विषयमा विदुर नगरपालिका वडा नं ११ का इन्जिनियर रामचन्द्र पौडेलसँग कुराकानी गर्न खोज्दा उनको मोवाइल अफ गरिएको थियो ।

यता पिडितहरुले आफुहरुलाई इन्जिनियरले झुलाएको भन्दै डिभिजन कार्यालय नुवाकोटका
निमित्त कार्यालय प्रमुख आत्मकुमार शाहसँग गुनासो गर्दा समेत सुनुवाई नभएको बताएका छन । पिडितहरुले बारम्बार समस्याको वारेमा कार्यलयमा जानकारी गराउँदा समेत बेवास्ता गरेको गुनासो गरेका छन ।

डिभिजन कार्यालय नुवाकोटका निमित्त कार्यालय प्रमुख आत्मकुमार शाहले आफुहरुकोमा आइपुगेको फाइल नहराउने भन्दै मापदण्ड अनुसार काम नभएकोले रोकिएको दाबी गरेका छन ।

उहाँले गेर्खका न्यौपाने र चालिसे थरका लाभग्राहीकोमा केही समस्या भएको तर वडामा नै हराएकोले वडा नै जिम्मेवार हुनुपर्ने बताउनुभयो । गेर्खुमा अहिले धमाधम घरहरु पुननिर्माण भइरहेका छन । रााष्ट्रिय पुन निर्माणको पछिल्ला तथ्याङ अनुसार गेर्खुका १२ वटा घर निर्माण सम्पन्न भइसकेको छ । गेर्खुमा लाभग्राहीको सुचिमा एकहजार सात सय ३४ जना रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्