विश्वकपमा हिंसा



विश्वकपको पहिलो ऐतिहासिक म्याचमा विवाद भएको थियो । जुलाई १३ मा फ्रान्स र मेक्सिकोबीच भएको खेलमा फ्रान्सका गोलरक्षक एलेक्सको टाउकोमा मेक्सिकोको एक जना खेलाडीले चोट पु¥याई मैदान छोड्न विवश पा¥यो । यसरी नै फ्रान्स र अर्जेन्टिनाबीचको दोस्रो म्याचमा पनि हंगामा भयो ।

जब फ्रान्स एक गोलले पछाडि परिरहेको बेला फ्रान्सका खेलाडी लेगिनरले विपक्षीतर्फ गोल गर्न लागेका थिए । तर ब्राजिलियन रेफ्री अल्मीडा रिगोले खेल सकिएको सिटी बजाइदियो । जसले गर्दा स्टेडियममा ठूलो हा–हु भयो, किनकी खेल सकिन अझै तीन मिनेट बाँकी थियो ।
पछि आयोजकहरुकोबीच बचाउले गर्दा जसोतसो बाँकी खेल शुरू गरियो तर त्यति बेलासम्म फ्रान्सका खेलाडीहरुको फूर्ति मरिसकेको थियो । जसले गर्दा फ्रान्सले उक्त म्याच हार्नु प¥यो । खेलपछि फ्रान्सेली दर्शकहरुले रेफ्रीलाई जमेर पिटीदिए ।

अर्जेन्टिना र चिलिबीचको खेलमा त खेलाडीहरुबीच नै एक आपसमा मारपीट भयो र पुलिसले मैदानमा प्रवेश गरेपछि मात्र झगडा साम्य भएको थियो । यस म्याचमा अर्जेन्टिना ३–१ ले विजयी भएको थियो ।

हुँदाहुँदा विवादको क्रम फाइनलसम्म पनि कायम रह्यो । जुलाई ३० मा अर्जेन्टिना र उरुग्वेबीचको फाइनल खेल शुरू हुन अघि ’बल’ को बारेमा लिएर दुई राष्ट्रबीच विवाद उत्पन्न भएको थियो । अर्जेन्टीनाले उरूग्वेमा बनेको बलबाट खेल्न अस्वीकार ग¥यो भने उरूग्वेले पनि अर्जेन्टीनाको बलबाट नखेल्ने धम्की दियो ।

अन्ततः बेल्जियमका रेफ्री जोन लेन्गेसनले टसद्वारा कुन देशको बलबाट पहिलो हाफ खेल्ने निर्णय ग¥यो, जसमा अर्जेन्टिनाले टस जित्यो र खेलको पहिलो हाफ अर्जेन्टीनाको बलबाट खेलियो । गुलेर्मो स्टेबिलले गोल गरेर अर्जेन्टिना २–१ ले अगाडी परेपछि खेलबीचैमा रोकियो । उरुग्वेका खेलाडीहरुको भनाइमा गोल गर्दा स्टेबिल अफसाइड थियो । तर पछि पुनः खेल सुरु गरियो ।

दोस्रो हाफको खेलमा उरुग्वेले आफ्नो देशमा बनेको बलबाट खेलेर विश्वकप विजेता बन्न सफल भयो । जहाँ उरुग्वेले जितको उपलक्ष्यमा पुरै देशमा विदा दियो भने अर्कोतिर अर्जेन्टिनाको ब्यूनस आयर्समा अवस्थित उरुग्वेको राजदूतावास जलाउने कोशिस गरियो । जसले गर्दा दुई देशबीच यति धेरै तनाव बढ्यो कि एक आपसमा सम्बन्ध नै विच्छेद हुनगयो ।
(स्रोत: साधना, पूर्णांक ५५ , विश्वकप विशेषांक १९९८)

 

प्रतिक्रिया दिनुहोस्