स्पेनलाई मोरोक्कोको चुनौती



समूह बी अन्तर्गत सोमबार राति तेस्रो चरणको खेलमा स्पेनले मोरोक्कोविरुद्ध खेल्दैछ । यस समूहमा स्पेनले पछिल्ला २ खेलबाट ४ अंक जोडेको छ ।

अघिल्ला दुई खेलमा हार बेहोरेको मोरोक्कोले फितलो प्रदर्शनका कारण २०१० विश्वकप च्याम्पियन स्पेनलाई कडा चुनौती दिन कन्जुस्याइ गर्न सक्नेछ । तसर्थ अन्तिम १६ मा पुग्न स्पेनलाई त्यति गाह«ो नहुन सक्छ । तर खेल हो, यदि हार भएमा भने यसै समूहको ईरानविरुद पोर्चुगलको म्याचमा स्पेनको यात्रा निर्भर हुनेछ ।

मोरोक्कोविरुद्ध ४–२–३–१ को सम्भावित रणनीतिमा उत्रने स्पेनी टिममा चोटमुक्त बनेका डेनी कार्भाजलले राइट ब्याक सम्हाल्ने छन् । कार्भाजललाई जेरार्ड पिके, सर्जियो रामोस र जोर्डी अल्बाले डिफेन्समा साथ दिनेछन् । यस्तै डिफेन्सिभ मिडफील्डमा कोके र सर्जियो बुसकेटले जिम्मा पाउने छन् । यदि स्पेनले ईरान विरुद्ध झैँ ४–३–३ को रणनीतिमा खेलेमा डिफेन्सिभ मिडफील्डर कोके दोस्रो हाफमा मैदान प्रवेश गर्न सक्नेछ ।

एट्याकिंग मिडफील्डमा भने डेभिड सिल्भा, इस्को र आन्द्रेस इनीस्टा रहने छन् । जसले जारी विश्वकपमा ३ गोल गरिसकेका स्ट्राइकर डिएगो कोस्टालाई बल उपलब्ध गराउनेछ । उक्त खेलमा थियागो अलकान्तारा र लुकास भास्क्वेज भने स्थापन्न खेलाडी बन्न सक्नेछ ।
यता पछिल्ला दुई खेलमा हार बेहोरेर विश्वकपबाट बाहिरिसकेको मोरोक्कोलाई स्पेनविरुद्धको खेल प्रतिष्ठा जोगाउनका लागि मात्र हुनेछ । पोर्चुगल र ईरानसँगको हार अगाडी मोरोक्को १८ खेलमा अपराजित रहेको थियो । स्पेनविरुद्धको खेलमा मोरोक्कोले ४–२–३–१ को रणनीतिमा खेल्ने सम्भावना रहेको छ ।

जसअनुसार असरफ हकीमी, मेधी बेनाटिया, मानुएल डी कोस्टा र हेम्जा मेन्डीलले डिफेन्सको जिम्मेवारी सम्हाल्नेछ । यस्तै डिफेन्सिभ मिडफील्डरको जिम्मा करीम एल अहमदी र बौसूफाले लिनेछ भने अट्याकिंग मिडफील्डको जिम्मा अम्ब्रावाट, योनेस र जियेचले सम्हाल्ने छन् । फरवार्डमा भने खालिब बौटिब हुनेछन् । बौटेबलाई भने अयूब अल काबीले स्थापन्न गर्न सक्नेछ ।

हेड टू हेड
यी दुवै राष्ट्रले सन् १९६२ को विश्वकपका लागि इन्टर–कन्टिनेन्टल प्ले–अफका लागि २ लेगको म्याच खेलेका थिए । उक्त दुवै म्याच स्पेनले क्रमशः १–० ले र ३–२ ले जितेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्