सेती नदीमा डुबेर युवक बेपत्ता



दमौली

तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित सेती नदीमा पौडी खेल्न गएका एक युवक आज डुबेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा रिसिङ घर भई हाल व्यास नपा–२ बस्दै आएका १६ वर्षीय रामबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बेपत्ता युवकको प्रहरी र स्थानीय बासिन्दाले खोजी तीव्र बनाएको बताइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्