ब्राजिल र स्विट्जरल्याण्ड जितको दाउमा भिड्दै



एजेन्सी, रसिया ।
रसियामा जारी विश्व कप फुटबलको समूह इ तर्फको दोस्रो खेल ब्राजिल र स्विट्जरल्याण्ड बिच सुरु भएको छ । रसियाको रोष्टोभ एरेनामा भैरहेको यस खेलमा रोचक प्रदर्शन हुने आकलन गरिएको छ ।

फिफा बरियताको २ स्थानमा रहेको ब्राजिल दक्षिण अमेरिकी राष्ट्र ब्राजिल विश्व फुटबलको बादशाह मानिन्छ। ब्राजिल रुस विश्वकपमा छनोट हुने पहिलो टोली हो। ब्राजिलले दक्षिण अमेरिकी क्षेत्रको छनोटमा एक खेलमा मात्रै पराजय बेहोरेको थियो।

विश्वकप ५ पटक जितेर कीर्तिमान राख्ने ब्राजिल अहिलेसम्म हरेक विश्वकप खेल्ने एक्लो टोली हो। पहेलो जर्सीले पछिल्लो विश्वकपमा जर्मनीसँग ७–१ ले हार व्यहोरेको थियो । नेयमार ब्राजिलका सुपर स्टार हुन्। स्टार खेलाडीले भरिएको ब्राजिलियन टोलीमा काउन्टिहो, पाउलिन्हो, विलियन, कासिमिरो जस्ता मिडफिल्डर छन्।

त्यस्तै पछिल्लो फिफा वरीयतामा छैठौँ स्थानमा परेको स्विजरल्याण्डले सन् १९३४ यता तीन पटकसम्म क्वार्टरफाइनलसम्म उत्कृष्ट प्रदर्शन गरेका छ । स्विजरल्यान्डले पोर्चुगललाई समेत हराएको थियो। स्विजरल्यान्डको यस पटकसम्मको विश्वकप यात्रा चौथोपटक भएको हो।

ग्रेनिट साका स्विजरल्यान्डको मिडफिल्डका मुख्य हतियार हुन्। सेरडन साकिरी गोल गर्न सक्ने क्षमता भएका खेलाडी हुन्। अर्मबान्ड र स्टिफनले रक्षा पंक्तिमा महत्वपूर्ण भूमिका निभाउने छन्। विश्वकपमा स्विजरल्यान्डका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सक्ने आँकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्