ईजिप्ट विरुद्ध उरुग्वेको कठिन जित



नेपाल समाचारपत्र, काठमाडौं ।
विश्वकप फुटवल २०१८ को दोस्रो दिनको पहिलो खेलमा इजिप्ट विरुद्ध उरुग्वेले कठिन जित निकालेको छ । भर्खरै सम्पन्न खेलको अन्त्यसम्म नै दुबै टिमका खेलाडी आक्रमक ढंगले खेले ।

दुबै टिमले अन्तिम समयसम्म पनि एकापसलाई दबावमा राख्न सफल भयो तर खेलको ८९ औँ मिनेटमा उरुग्वेका लागि ग्यामेनिजले शशक्त हेडिङ गर्दै गोल गरेका थिए। १ गोल गरेर उरुग्वेले विजयी बनेपनि पटक पटक मौका पाएर पनि गोल गर्न चुकेका कारण यो जित उनको लागि कठिन सावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्