विपक्षीको दाँत उखेल्न आए डेन्टिस मेनेजर



लन्डन, (एजेन्सी)
रुसमा ३२ टोलीका मेनेजरमा एक राष्ट्रका मेनेजर व्यवसायिक डेन्टिस हुन्। पहिलो पटक विश्वकपमा छनोट भएको सानो राष्ट्र आइसल्यान्डका मेनेजर हेइमिर हलग्रीमसन एक डेन्टिस हुन्। मात्र ३ लाख ३० हजार जनसंख्या रहेको आइसल्यान्डलाई उनले प्रशिक्षण गर्दै छन्। आइसल्यान्डले आफ्नो समूहमा पहिलो खेल मै अर्जेन्टिनाजस्तो बलियो टोलीको सामना गर्र्दै छ।

५१ वर्षीय हलग्रीमसन आइसल्यान्डलाई युरो २०१६ मा नेतृत्व गर्दा मेनेजर लार्स लेजरब्याकका सह प्रशिक्षक थिए। फ्रान्समा भएको युरोकपमा आइसल्यान्डले इंग्ल्यान्डलाई हराएर सानदार उपलब्धि हासिल गरेको थियो। यो इतिहासबन्दा हलग्रिमसन पनि टोलीका हिस्सा थिए। डेन्टिस हुँदा दाँत उखालेको झंै फुटबलमा पनि विपक्षीका डिफेन्सको दाँत उखेल्न सकेमा आइसल्यान्डको विश्वकपमा इतिहास बन्नेछ।

प्रतिक्रिया दिनुहोस्