अमेरिका कि अफ्रिका



मस्को, (एजेन्सी)
विश्वकप जुन १४ मा शुरू हुने एक दिनअघि जुन १३ को बेलुकी मस्कोमा सन् २०२६ मा हुने विश्वकपको आयोजक छनोट हुँदै छ। ८ वर्षपछि हुने विश्वकप आयोजना गर्न उत्तरी अमेरिका (अमेरिका, मेक्सिको र क्यानडा संयुक्त रूपमा) र अफ्रिकी राष्ट्र मोरक्को मध्ये एकलाई दिइनेछ। यसका लागि फिफाका २ सय ७ सदस्य देशले मतदान गर्नेछन्। उत्तर अमेरिकाले ३ पटक र अफ्रिकाले एक पटक विश्वकपको आयोजना गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्