२८ औं प्रधानन्यायाधीशका जोशी



काठमाडौं, (नेस) । सर्वोच्च अदालतमा २८ औं प्रधानन्यायाधीशका रुपमा दीपकराज जोशी नियुक्त हुनुहुने भएको छ । संवैधानिक परिषद्को मंगलवार बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीशका रुपमा रहनुभएका जोशीलाई सिफारिस गरेको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशमा जोशीलाई सिफारिस गर्ने निर्णय गरेको कानुनमन्त्री शेरबहादुर तामाङले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा राष्ट्रियभा अध्यक्ष गणेश तिमिल्सिना, सभामुख कृष्णबहादुर महरा, विपक्षी दलका नेता शेरबहादुर देउवा, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, कानुनमन्त्री शेरबहादुर तामाङको उपस्थिति रहेको थियो ।
न्याय परिषद्को बैठकले केही दिन अघि बरिष्ठताका आधारमा जोशी सहित न्यायाधीश द्धय चोलेन्द्रसमशेर जबरा र ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको थियो ।

 

वरियताक्रममा पहिलो नम्बरमा रहनु भएका जोशीलाई सिफारिस गरिएको न्याय परिषद्ले जनाएको छ ।

विगत दुइ महिना देखि प्रधानन्यायाधीश पद रिक्त हुँदा न्यायालयको नितीगत काम ठप्प प्राय भएको थियो । सर्वोच्च अदालतमा २०७४ चैत १ देखि प्रधानन्यायाधीश पद रिक्त रहेको छ ।

 

जोशी २०७६ साउन सम्म प्रधानन्यायाधीशका रुपमा कार्यरत रहनु हुनेछ । यस अघि २०७४ असार ३ देखि चैत ३० सम्म आठ महिना गोपाल पराजुली प्रधानन्यायाधीशका रुपमा बहाल रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्