दीपकराज जोशी प्रधानन्याधीशमा सिफारिस



काठमाडौँ । संवैधानिक परिषदको बैठकले प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ । मंगलबार अपरान्ह प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले जोशीलार्इ प्रधानन्याधीशमा सिफारिस गरेको हो ।

बैठकपछि परिषद्को सदस्यसमेत रहेका कानुनमन्त्री शेरबहादुर तामाङले तीन जनाको नाम मध्येबाट जोशीको नाम सिफारिस भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्