सुनको ब्याग बोकेर नेमार रसिया पुगे



एजेन्सी । ब्राजिली स्टार नेमार आइतबार राति विश्वकप फुटबलका लागि रसिया उत्रिएका छन्। नेमार ९ सय अमेरिकी डलर पर्ने सुनको ब्यागसहित देखा परेका थिए ।

नेमारको यो ब्यागमा उनका पिता, आमा, दिदी र छोराको फोटोसमेत रहेको छ । ब्राजिलले आफ्नो पहिलो खेल आइतबार स्विट्जरल्यान्डसित खेल्दैछ ।

चोटका कारण उनले गत हप्ता क्रोएसियासँग भएको खेल बेन्चमा बसेर हेरेका थिए ।

प्रतिक्रिया दिनुहोस्