‘पुँजी बजारको दायरालाई फराकिलो बनाइनुपर्छ’



काठमाडौं, (नेस)
अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजारको दायरालाई फराकिलो र बृहत् बनाउनुपर्ने धारणा राख्नुभएको छ। शुक्रबार धितोपत्र बोर्डको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले पुँजी बजारमार्फत् ठूलो परिमाणमा राष्ट्रिय पुँजी निर्माणको लागि यस क्ष्ँेत्रमा व्यापक जनसहभागिता गराउनुपर्ने तथा यसको दायरा बढाउनुपर्ने धारणा राख्नुभएको हो।

शेयर बजार व्यवस्थित गर्न पारदर्शिता, कुशलता र व्यावसायिक स्थिरता को खाँचो छ। लगानीकर्तालाई पुँजी बजार कुनै अपत्यारिलो र माथिल्लो शक्तिले सञ्चालन गरेको भन्नु आभास हुन नदिन नियामक निकायको भुमिका सुदृढ हुनुपर्ने मन्त्री खतिवडाको भनाई छ।

अहिले पुँजी बजार वास्तविक जनताको लगानी भन्दा पनि शेयर व्यापारीहरुले अराजक बनाउँदै लगेको भन्दै खतिवडाले सबैले नियामक निकायको नियम र निर्देशन सबैले पालना गरी थप अराजक हुनबाट रोक्नुपर्ने बताउनुभयो। आवस्यक ऐन, नियमहरुको कडाईका साथ पालना गराउनुमा सबै नियामक क्षेत्रको पनि विशेष सचेत हुनुपर्ने खतिवडाको भनाई छ।

‘पुँजी बजारलाई व्यवस्थित गर्न नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक लगायत निकाय छन्। यीनिहरुले प्रभावकारी ढंगले काम गर्न नसके अर्थ मन्त्रालय छ। अर्थ मन्त्रालयले पनि प्रभावकारी काम गर्न नसके मन्त्री परिषद्को कार्यालय छ। तर जुनसुकै तबरले भएपनि पुँजी बजार मजबुत बनाईनु पर्छ।’ मन्त्री खतिवडाले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्