तिमी हुन्छौ जहाँ जहाँको फस्ट लुक



आगामी असार ८ गते अल नेपाल सिंगल रिलिज हुन लागेको फिल्म तिमी हुन्छौ जहाँ–जहाँको फस्ट लुक सार्वजनिक गरिएको छ।

फस्ट लुकअन्तर्गत सार्वजनिक गरिएका २ पोस्टरमध्ये एउटामा मनीष सुन्दर श्रेष्ठ र मलिना जोशीबीचको प्रेम र स्वरूपपुरुष ढकालको वियोग दर्शाउँछ। अर्को पोस्टरमा मनीष सुन्दर र मलिनाको सामिप्यतामा चरित्र अभिनेता रवी गिरी र स्वरूपपुरुष ढकाललाई तगारोका रूपमा उभ्याइएको छ। फिल्म विवेक बस्यालले निर्देशन गरेका छन्। फिल्ममा मनीष, मलिना, स्वरूपपुरुष र रवी गिरीका साथमा तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेतलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्। त्यसै गरी वर्षा शिवाकोटी अतिथि भूमिकामा छिन्।

मदन दवाडी, प्रकाश बास्कोटा, डालचन्द्र दवाडी र हरिप्रसाद अधिकारीले निर्माण गरेको प्रेमकथाको फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको नृत्य निर्देशन र रामशरण उप्रेतीको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्