समग्र श्रम क्षेत्रलाई कानुनी दायरामा ल्याइनेछः मन्त्री विष्ट



काठमाडौं, (नेस)
नेपालले श्रमिकको हक हितको रक्षा गर्न र समग्र श्रम क्षेत्रलाई कानुनी दायरामा ल्याउन श्रम ऐन तथा नियमावली–२०७४ जारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताउनुभएको छ।

सोमबार १०७औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री विष्टले वैदेशिक रोजगार बाध्यात्मक नभई स्वैच्छिक हुनुपर्नेमा जोड दिनुभयो। नेपालले सन् २०२५ भित्र सबै किसिमको बालश्रम उन्मूलन गर्न गुरुयोजना तयार गर्न सरकार यसबारेको गृहकार्यमा जुटिरहेको उहाँले बताउनुभएको स्वीजरल्यान्डको जेनेभास्थित नेपाली स्थायी नियोगले जनाएको छ।

त्यसैगरी सरकारले युवा, पिछडिएका एवं सीमान्तकृत वर्गलाई लक्षित गरी न्यूनतम रोजगारी प्रत्याभूत गर्न प्रधानमन्त्रीको अध्यक्षतामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुरू गरेको मन्त्री विष्टले बताउनुभएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्