राष्ट्रपति भण्डारीलाई खेलकुदबाट अभिनन्दन



काठमाडौं, (नेस)
राष्ट्रपति विद्यादेवी भण्डारीलाई खेलकुद क्षेत्रको तर्फबाट बिहीबार अभिनन्दन गरिएको छ। युवा तथा खेलकुदमन्त्री जगत्बहादुर सुनार (विश्वकर्मा) को नेतृत्वमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टलगायतका पदाधिकारी र विभिन्न राष्ट्रिय खेल संघका प्रतिनिधिसहितको उपस्थितिमा राष्ट्रपति भण्डारीलाई अभिनन्दन गरिएको हो।

सोही अवसरमा नेपालमा विभिन्न खेलकुद संघले राष्ट्रपति भण्डारीलाई मायाको चिनोसमेत प्रदान गरेका छन्। शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय जगत्मा ख्याती कमाउने क्षेत्र भएकाले खेलकुद राष्ट्रिय जीवनको महŒवपूर्ण अंग भएको धारणा व्यक्त गर्नुभयो। राष्ट्रिय खेलकुद परिषद्ले राम्रो काम गरिरहेको बताउँदै विद्यालय खेलकुद र पूर्वाधारमा अझ बढी ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्