भीम र पूर्णिमा एभरेस्ट म्याराथनका विजेता



नेपाल समाचारपत्र
काठमाडौं
नेपाली सेनाका भीमबहादुर गुरुङले तेन्जिङ हिलारी एभरेस्ट म्याराथन २०१८ को उपाधि जितेका छन्। सगरमाथा आधार शिविरमा शुरू भई नाम्चेबजारमा समापन भएको विश्वकै अग्लो उचाइमा आयोजना गरिने म्याराथनमा मंगलबार गुरुङले ४ घण्टा २ मिनेट ३० सेकेन्डमा पूरा गरे। २०१५ संस्करणका विजेताले गत संस्करणका विजेता सुमन कुलुङलाई ४ मिनेटले पछि पारेका थिए। त्यस्तै २०१६ संस्करणका विजेता वेद सुनुवारले ४ घण्टा २८ मिनेट ३५ सेकेन्डको समयसहित तेस्रो स्थान हात पारे शीर्ष तीनले क्रमशः २ लाख, १ लाख र ७५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै महिलातर्फको स्पर्धामा पूर्णिमा राई विजयी भइन्। ५ घण्टा २० मिनेट ५६ सेकेन्डमा दौड पूरा गरेकी पूर्णिमाले निरकला राई (५ घण्टा २७ मिनेट २२ सेकेन्ड) र पदमकुमारी राई (५ घण्टा ५२ मिनेट २१ सेकेन्ड)लाई पछि पारेकी थिइन्।
दौडपछि संक्षिप्त प्रतिक्रिया दिँदै म्याराथन विजेता भीमबहादुर गुरुङले उपाधि फेरि चुम्न पाउँदा खुसी लागेको बताए। ‘सन् २०१५ को जितपछि मैले देशविदेशका थुप्रै दौडहरूमा सहाभागिता जनाएँ। त्यहाँको अनुभवले मलाई फेरि एभरेस्ट म्याराथन जित्न मदत ग¥यो।’ –उनले बताए।

गत वर्ष दोस्रो स्थानमा चित्त बुझाएकी महिला स्पर्धाकी विजेता पूर्णिमाले जितले खुसी दिलाएको बताइन्। ‘गत वर्ष दोस्रो थिएँ, यो वर्ष प्रथम स्थान हासिल गर्दा एकदमै खुसी छु।’ –सन् २०१६ मा समेत महिला स्पर्धा जितेकी पूर्णिमाले बताइन्।

प्रतिक्रिया दिनुहोस्