बनेपामै खुल्यो सुविधा सम्पन्न होटल

रामकृष्ण चापागाईं, बनेपा, काभ्रे ।

जिल्लाको व्यापारिक केन्द्र बनेपामा सबै सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याइएको छ । यो होटल सञ्चालनमा आए संगै सभा सम्मेलनको साथै खानाका पारखिहरुलाई लागि धुलिखेल, नगरकोट तथा काठमाडौं पुग्नु पर्ने बाध्यता हट्ने भएको छ । सर्वसुलभ मुल्यमा खान बस्न तथा सभा सम्मेलन गर्न पाईने मात्र हैन यो होटल अपाङ्गमैत्री पनि छ । १ हजार ५ सय देखि ३ हजार रुपैया सम्ममा एकदिन खान बस्न पाइने ओपन किचन सहितको यस होटलमा जिल्लामै पहिलो रहेको अत्याधुनिक लिफ्ट पनि जडान गरिएको छ ।

बनेपा क्षेत्रका पुराना एवं चर्चित डा. भुषण श्रेष्ठले बनेपा क्षेत्रमा सुविधा सम्पन्न होलटको अभाव महसुस गरि सञ्चालनमा ल्याउनु भएको होटल सत्यम् प्रा. लि. सञ्चालनमा आए संगै व्यापारिक केन्द्र बनेपामा एउटा राम्रो होटल पनि छैन भन्ने भनाई हटेको छ । डा. श्रेष्ठको पत्नी कविता मुख्य सञ्चालक रहेको सो होटलको कार्यकारी व्यवस्थापकको जिम्मेवारी साधुराम गिरिले सम्हाल्नु भएको छ । धुलिखेल माउण्टेन रिसोर्टमा १० वर्ष र होटल यति कटेजमा ६ वर्ष काम गरेको अनुभव बटुलेका गिरी होटल व्यवस्थापनमा निकै अनुभवी मानिन्छन् ।

ग्राहकहरुलाई सबै सुविधा सहितको सेवाका साथै गुणस्तरीय खाना खुवाउने कुरामा विशेष ध्यान दिएको बताउदै कार्यकारी व्यवस्थापक गिरी भन्छन– विश्वमा खान नपाएर जति मान्छेको मृत्यु हुन्छ स्वच्छ खाना नखाएर त्यो भन्दा बढीको मृत्यु हुने तथाङ्क हाम्रो सामु रहेकोले हामिले गुणस्तरीय खानामा विशेष ध्यान दिउका छौं । विशेष गरि शहर बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा आजभोली एकछाक भएपनि घरबाहिर खाने चलन बढ्न थालेको भन्दै उनले स्वच्छ खाना नखुवाए उनिहरुको स्वास्थ्यमा गम्भिर असर पर्ने भएकोले पनि खानामा विशेष ध्यान दिएको उहा बताउनु हुन्छ ।
एकसय जना क्षमताको ओपन किचन सहितको डाइनिङ हल (रेष्टुरेण्ट) भएको काभ्रेको एकमात्र होटल बनेपामा खुलेसंगै ग्राहकले खाना बनाएको आफैले हेरेर स्वाद चाख्न पाउने छन् । यो होटलमा बस्नको लागि बाथटप सहित डिलक्स रुप १४ वटा छ भने नर्मल रुप ७ वटा छ । ठुलो मञ्च सहित १ सय ५० जना क्षमताको सेमिनार हल संगै सबै ठाउमा जान मिल्ने अपाङ्गमैत्री बाटो छ । ग्राहक हरुलाई अर्गानिक खाना खुवाउने योजनाका साथ खोलिएको यो होटलका कार्यकारी व्यवस्थापक गिरी भने भेगन हुन । एनिमल प्रोडक्ट केहि पनि नखाने प्लानबेस खानामात्र खानेलाई भेगन भनिन्छ । ग्राहकहरुको लागि भने यहा सबै प्रकारको खाना पाइन्छ ।

सेमिनार गर्न ठुलो मञ्चका साथै १ सय ५० जना क्षमताको हल, ओपन किचेन सहित १ सय क्षमताको डाइनिङ हल भएको, मदिरा सेवनको लागि छट्टै बार भएको, चुरोट खानेहरुको लागि स्मोक जोन, बाथ टप सहितका डिलक्स रुम भएको, प्रशस्ता पार्किङ स्पेश भएको, अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय खाना पाईने, अत्यन्त सस्तो होटल बनेपामै सञ्चालन भएपछि जिल्लाका बासिन्दाहरुलाई धुलिखेल, नगरकोट तथा काठमाडौं पुग्नु पर्ने बाध्यता त हटेको छ नै राजधानिबाट आउनेले पनि यी सबै सेवा सुविधा पाउने भएका छन् । यो होटलमा सेवा दिनका लागि अनुभवी ३० जना कर्मचारी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्