स्कलरसिपसहित एसईई आइकन



एएनपी मिडिया हाउसले हरेक प्रतियोगीलाई कलेजमा स्कलरसिपसहित मिस्टर एन्ड मिस एसईई आइकन–२०१८ आयोजना गर्ने भएको छ।
आयोजक संस्थाका प्रबन्ध निर्देशक लवबहादुर कार्कीका अनुसार एसईई दिएर बसेका विद्यार्थीको क्षमता, व्यक्तित्व र आत्मविश्वास वृद्धि तथा नैतिक क्षमता अभिवृद्धिका लागि मिस्टर एन्ड मिस एसईई आइकन–२०१८ गर्न लागिएको हो। पाँचौं संस्करणको मिस्टर एन्ड मिस एसईई आइकन–२०१८ आगामी जेठ २० गते बिहीबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ।

कार्कीका अनुसार ५ वर्षदेखि हुँदै आएको प्रतियोगिताका सम्पूर्ण सहभागीले राजधानीको हिमालयन ≈वाइट हाउस कलेज, गोल्डेन गेट इन्टरनेसनल कलेज, आइडल मोडल हायर सेकेन्डरी स्कुल, पेन्टागन इन्टरनेसनल कलेज, मोलिस कलेज, ओमेगा हायर सेकेन्डरी स्कुल÷कलेज, एडमार्क एकेडेमी, जुबुलेन्ट कलेज, एभरेस्ट कलेज, ब्लु बर्ड कलेज, क्यसपियन भ्याली कलेज, क्यारिबिन कलेज, इन्टेन्सिभ इन्टरनेसनल कलेज, रिड मोडल कलेज, पूर्णचण्डी प्लस टु कलेज, टाइम लाइन कलेजलगायतमा विज्ञान संकाय, व्यवस्थापन संकाय तथा मानविकी संकायमा छात्रवृत्ति पाउनेछन्।

शम्भुप्रसाद रेग्मीको संयोजना र अश्विनी झाको कोरियोग्राफी तथा सञ्चालनमा हुने प्रतियोगितामा किशोरतर्पm सन्तोष टेङमाली, अभिषेक वज्राचार्य, रामदुलार यादव, दीपेश खड्का, रेगिस श्रेष्ठ, सुमन सदाशंकर, प्रविन शिवाकोटी, सुदीप घिमिरे, सूर्यबहादुर तामाङ, ह्रकिस श्रेष्ठ, आरभ घिमिरे, दिसान महर्जन, जेसन श्रेष्ठ, दिलीप बस्नेत, राकेश तामाङ र अनिकेश श्रेष्ठले स्पर्धा गर्दै छन्।

त्यसै गरी किशोरीतर्फ निशा देउला, बिबिका थापा, अंसिना दर्नाल, रविना भण्डारी, पलिस्था मानन्धर, सरस्वती बुढाथोकी, आस्मा पाण्डे, आशिका दाहाल, आयुषा खड्का, मल्लिका श्रेष्ठ, श्रीविशा भण्डारी, रोजिना श्रेष्ठ, आञ्चल भण्डारी, युना थापा मगर, दीपिका श्रेष्ठ, अर्पना नेपाल, मृदुला केसी, आकृति कुँवर, प्रियंका बरुवाल, स्यारोन गुरुङ, सरू धिमाल, रक्षा मल्ल, तिसा वज्राचार्य, प्रकृति थापा र प्रीति राई प्रतिस्पर्धी रहेका छन्।

प्रतियोगिताका सहभागीहरूलाई प्रतिभा र व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि, रिस र समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुति, मोडलिङ जस्ता विभिन्न विषयमा सम्बन्धित विज्ञहरूद्वारा तालिम र प्रशिक्षण प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्