गुटेरेसको आग्रह



न्युयोर्क, (एजेन्सी)
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँगको आणविक अस्त्रबारे भएको सहमतिबाट पछि नहट्न आग्रह गरेका छन्। उनले सन् २०१५ मा भएको इरान सम्झौतालाई संरक्षण नगर्दा युद्धको खतरा हुने बताउँदै त्यसबाट पछि नहट्न ट्रम्पलाई आग्रह गरेका हुन्। शुरूदेखि नै ट्रम्पले इरानसँग भएको आणविक सम्झौताको चर्को आलोचना गर्दै आएका छन्। अमेरिका, चीन, रुस, बेलायत, फ्रान्स र जर्मनीलगायतका विश्वका ६ वटा शक्तिशाली राष्ट्रसँगको सम्झौताअनुसार नै इरानले आफ्नो आणविक कार्यक्रम बन्द गरेको थियो।

प्रतिक्रिया दिनुहोस्