झिकाऊ ‘रिर्सचर्स’



गत मंसिरमा सम्पन्न भएको केन्द्र र प्रदेश निर्वाचनको समिक्षा ग¥या ग¥यै छ । निर्वाचनमा लज्जापद रुपमा काँग्रेस पराजित भएको घामझैं छलङ्ग छ, काँग्रेस पदाधिकारी अझै कारण खोजिरहेका छन् । घरको दराजको साँचो हराएर दराज खोल्न नपाएझैं काँग्रेस नेता खोजीमा जुट्या छन् ।

दराज (पार्टी) फोडिहाल्न नी भएन । गज्जबका छन्, काँग्रेस नेता । पार्टीले संसदमा राम्रै सिट ल्याएको भए, उहिल्यै कारण भेटिन्थ्यो, जस लिने सब एकसे एक हुन्थे । पार्टी पराजित भएपछि धेरैले चोर औला ठड्याएर प्रष्ट भन्या छन्–‘दोषी देउवा नै हुन् ।’ तर उनी मान्न तयार छैनन्, अरुले मान्ने झन् कुरै भएन, त्यहि भएर त कहिलेसम्म कारण खोज्नु प¥या छ ।

कारण भेटिदैन भने अझैं खोजौ, वास्तविकता पत्ता लगाऔं । बरु अर्को निर्वाचनसम्म यही वहसलाई निरन्तरता दिऊ के नै विग्रन्छ र ? यो झन्झटिलो विधी हुन्छ भने दाता रिझाएर देशी÷विदेशी ‘रिर्सचर्स’ झिकाए पनि भयो । ‘रिर्सचर्स’ले देउवा कति प्रतिशत दोषी, महामन्त्री कोइराला कति, सिटौला र अन्य ‘ग्याङ’ कति दोषी भनेर प्रष्ट रिपोर्ट बुझाउने थिए कि ? अन्तर्राष्ट्रिय अनुगमनका लागि प्रहरीको इन्टरपोलको सहयोग लिँदा पनि हुन्छ क्यारे ।

प्रतिक्रिया दिनुहोस्