अफगानिस्तानमा नौ प्रहरी र दुई बालबालिकासहित १२ मारिए



काबुल । अफगानिस्तानका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै हिंसाका घटनामा परी कम्तीमा नौ प्रहरी, एक महिला र दुई बालबालिका मारिएका छन् । 

बाडाख्सान प्रान्तको दुर्गम ठाउँमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि भएको गोली हानाहानमा परी नौजना प्रहरी मारिएका हुन् । स्थानीय प्रहरीले आइतबार दिएको जानकारीअनुसार घटनामा अरु दश जना घाइते भएका छन् ।

त्यसैगरी पूर्वी नानगाहार प्रान्तमा भएको विष्फोटनको घटनामा परी अफगान एक महिला र दुई बालबालिका पनि मारिएका प्राप्त अर्काे समाचारमा जनाइएको छ ।

प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोग्यानीले सिन्ह्वासँग आइतबार भन्नुभयो, “आइतबार बिहान ६ः३० मा सुर्ख रोडमा दुखद घटना भएको छ ।”

उक्त घटनामा परी अर्का एकजना महिला र बालका घाइते भएका पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्