यातायात व्यवसायीको आन्दोलनले बुटवल अस्तव्यस्त



यमलाल भुसाल, बुटवल ।

यातायात क्षेत्रका संघ सस्था खारेज गर्दै सरकारले सिण्डिकेट हटाएपछी आन्दोलनमा उत्रिएका यातायात व्यबसायी महासंघ सम्युक्त आन्दोलन समितिले पूर्व घोषित कार्यक्रम अनुसार आईतवार सवै प्रदेशको राजधानीमा रहेका यातायात व्यवस्था कार्यालयमा एक घण्टा धर्ना दिई ज्ञापन पत्र बुझाएका छन ।

जसका कारण बुटवलअस्तव्यस्त बनेको थियो प्रधान मन्त्रीले ५ नम्बर प्रदेशको संसद बैठकमा संवोधन सक्नु वितिकै शुरु भएको विशाल रयाली सहितको जुलुका कारण यस क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्थ बनेको थियो सडक भरी गाडी जाम भएको थियो ।

सम्युक्त आन्दोलन समितिको प्रदेश नम्बर ५ मा भएका यातायात व्यवसायी संघ सस्थाहरुले बुटवलमा विशाल जनप्रदशन गरी धर्ना दिएका छन ।

यातायात व्यवसायीको विशाल विरोध रयालीको व्यवस्था पन गर्न प्रहरीलाई निकै चुनौती भएको थियो । कालो झण्डा र व्यानर सहित सडकमा निस्केको विशाल रयालीले मिडियाचोवाट यातायात कार्यालय पुगेर धर्ना बसेको प्रदेश नम्बर ५ का संयोजक डिल बहादुर ढुगांनाले बताउनु भयो । आन्दोलित यातायात व्यवसायीले दिन प्रति दिन आन्दोलन सशक्त बनाउदै लैजाने पनि बताएका छन ।

नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यबसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघ, ढुवानी व्यबसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनको संयुक्त आन्दोलन मुल समितिले आईतवार प्रदेश राजधानीमा रहेको यातायात कार्यालयमा धर्ना वसी ज्ञापनपत्र बुझाएको सह संयोजक लोक राज पोखरेलले बताउनु भयो । ५ नम्बर प्रदेशका यातायात व्यवसायीले लुम्बिनी अंचल यातायात व्यवस्था कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका हुन ।

धर्ना कार्यक्रमलाई नेपाल टे«ड युनियन काँग्रेस प्रदेश नम्बर ५का उपाध्यक्ष कृष्ण प्रसाद वेल्वासेलेको नेतृत्वमा आन्दोलनको समर्थमा रयालीमा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्