गर्भवती हुने प्रयास १४ पटकसम्म फेल भएपछि…



काठमाडौं । कमेडियन कृष्णा अभिषेक र बलिउड हिरोइन कश्मिरा शाहको जोडी जुम्ल्याहा छोराका अभिभावक भनेका छन् । यो जोडी २०१७ मा जुम्ल्याहा छोराको मातापिता बनेको हो । अब यो जोडी एक छोरीको पनि अभिभावक बन्ने तयारीमा छ । यो जोडीले सेरोगेसीको माध्यमबाट जुम्ल्याहा छोरा जन्माएको बताइएको छ ।

यद्यपि कश्मिराले एक मिडियासँग कुरा गर्दै आफूले गर्भवती हुने निकै प्रयास गर्दा पनि सफल नभएको बताएकी छिन् । उनले आमा बन्नको लागि आफ्नो काम पनि छोडेको र विगत ३ वर्षदेखि प्रयास गरिरहेको बताएकी छिन् । उनले बच्चाको लागि आइभिएफ प्रविधिको पनि सहारा लिएको बताइन् । तर, १४ पटकसम्मको प्रयास फेल भएपछि आफूहरुले सेरोगेसीको सहारा लिएको उनले बताएकी छिन् ।

यो जोडीलाई सेरोगेट गर्न सलमान खानले सुझाव दिएका थिए । यी दुईले यसरी बच्चा जन्माउन लागेको कुरा पनि सलमानलाई नै सबैभन्दा पहिले थाहा थियो । यतिसम्म की उनीहरुका एक छोराको नाम पनि सुल्तान हो । कश्मिराले आफू गर्भवती हुने आशा अझै नछोडेको बताएकी छिन् । आफूले प्राकृतिक रुपमा बच्चा जन्माउन नसकेमा मात्र एक छोरी एडप्ट गर्ने उनले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्