दुई मुखियाको नाटक



२ वाम १ ठाम यो नारा निकै आकर्षक छ। यो आकर्षणको केन्द्रमा नेपाली जनता पटक–पटक नपरेका होइनन्। जनतालाई मुर्ख बनाउदै आएका २ ठुला वामले पछिल्लो पटक नेपाली जनतालाई मुर्ख मात्र होईन महामुर्ख बनाइदिएका छन।
वैशाख ९ गते पार्टी एकता गर्ने र राज्यसत्तामा हाली मुहाली दशकौंसम्म चलाउने भित्रि सहमति गरेका २ वामका २ मुखियाबीच कसले बढी कसरी हसुर्ने भन्ने विषयमा कुरा मिल्न नसक्दा पाटी एकता होइन पार्टी ए–कताको अवस्थामा पुगेको छ।

जनताबाट क्रमशः पातलिंदै गएको माओवादी नामको जिनिसले एमाले नामको जिनिससँगबराबरको हैंसियत खोजेपछि पार्टी एकता होईन पार्टीमा अनेकता आउने अवस्था आएको देखेर धरहरा तीनछक प¥या छ भन्या। हैन यो हुँदै नहुने एकतालाई किन २ पार्टीका मुखियाले बढी नाटक गरेका छन् धरहराले केही बुझेको भए मरिजाउंmँ। हुनै नसक्ने कुरालाई उचालेर जनतालाई महामुर्ख बनाउने २ वामका २ मुखियाको शैलीलाई भने चाहिँ मान्नै पर्छ है।

प्रतिक्रिया दिनुहोस्