पाकिस्तान र अफगानिस्तानको सीमामा तनाव, पाँच पाकिस्तानी सैनिकको मृत्यु



एजेन्सी । अफगानिस्तानका कबायली समुदायका व्यक्तिहरुले पाकिस्तानी सेनाका पाँच जवानहरुको हत्या गरेका छन् । एक सैनिकलाई नियन्त्रणमा लिएका छन् । अफगानिस्तानका खोश्त प्रान्तको गर्वनर हुकुम खान हबीबीले दिएको जानकारी अनुसार मृतक जवानहरुको शव र नियन्त्रणमा लिईएका जवानलाई पाकिस्तानी सेनालाई बुझाई सकिएको छ ।

पछिल्लो हप्ता सुरुभएको उक्त भिडन्त भर्खरै समाप्त भएको हो । भिडन्तको प्रमुख कारण पाकिस्तानि सेनाले सिमा क्षेत्रमा गर्ने गरेको अतिक्रमणलाई बताइएको छ । उक्त भिडन्तमा अफगानिस्तानको दुई नागरिकको मृत्यु भएको र तीन नागरिक घाईते भएको बताइएको छ ।

अफगानिस्तानी सेना अधिकारीहरुले जानकारी गराए अनुुसार पाकिस्तानी सेना अफगानिस्तानको सिमा क्षेत्र भन्दा भित्र प्रवेश गरेपछि सिमामा तैनाथ अफगान सेना र स्थानिय कबायली व्यक्तिहरुले गोलि चलाएका थिए ।

के हो डुरंड लाइन ?

पाकिस्तान र अफगानिस्तानको सिमा छुट्टाउने रेखालाई डुरंड लाईन भनिन्छ जस्को लम्बाई २५०० कि.मि रहेको छ, जुन लाईन अधिकांश पहाडी र दुर्गम क्षेत्रमा पर्दछ । डुरंड लाईनले अफगानिस्तानको पख्तुन कबायली ईलाकालाई पाकिस्तानको खैबरपख्तुनख्वाह,फाटा, बलुचिस्तान र गिलगित—बाल्तिस्तान देखि अलग गर्दछ ।

अफगानिस्तानले कहिलै पनि बिभाजन हुदा स्विकार नगरेको उक्त सिमा पाकिस्तानको पश्चिमी सिमाको रुपमा लिइन्छ । उक्त ईलाकामा हिसंक घटना भएको यो पहिलो पटक होईन । अघिल्लो बर्ष मे महिनामा यी दुई देश बिच घन्टौ सम्म गोलीबारी भएको र दजनौ मानिस मारीएको थियो ।

प्रतिक्रिया दिनुहोस्