पूर्वप्रेमीको अश्लील सामग्री पोस्ट गरेकोमा लाखौं क्षतिपूर्ति



 

क्यालिफोर्निया, (एजेन्सी)
अमेरिकाको क्यालिफोर्नियास्थित एक संघीय जिला अदालतले बदलाका लागि अश्लील कार्य गरेकोमा एक व्यक्तिबाट पीडित महिलालाई ६४ लाख अमेरिकी डलर क्षतिपूर्ति तिराउन आदेश दिएको छ।

ती पुरुषमाथि महिलाको नाँगो तस्वीर र भिडियो इन्टरनेटमा पोस्ट गरेको आरोप लगाइएको थियो। महिलाका वहिलले रिभेन्ज पोर्न मामिलामा यो अहिलेसम्मको दोस्रो ठूलो क्षतिपूर्ति भएको बताए।

एक अज्ञात महिलाले डेविड इलमा नामका पुरुषमाथि नागरिक अदालतमा उक्त मुद्दा दायर गरेकी थिइन्। प्रेमी जोडी रहेका ती महिला र डेविडबीच सन् २०१३ मा विछोड भएको थियो। त्यपछि ती व्यक्तिले महिलाको अश्लील तस्वीर र भिडियो पोर्नोग्राफी वेबसाइटमा राख्न थालेका थिए। अदालतको दस्तावेजमा ती पुरुषले महिलालाई उनको जिन्दगी बर्बाद गर्ने र उनलाई आत्महत्या गर्न बाध्य पार्ने धम्की दिएको उल्लेख गरिएको छ।

अदालतले आदेशमा ४ लाख ५० हजार डलरको कपिराइट उल्लंघन, ३० लाख डलरको गम्भीर मानसिक तनाब र ३ लाख अन्य नोक्सानको क्षतिपूर्तिका लागि उक्त धनराशी तिर्न उल्लेख गरेको छ। यसमा मामिलामा दोषीका तर्फबाट कुनै बयान आएको छैन।

प्रतिक्रिया दिनुहोस्