वुमन वियोन्ड बाउन्ड्रिज साहसिक यात्रा



नेपाल समाचारपत्र
काठमाडौं
वुमन वियोन्ड बाउन्ड्रिज साहसिक यात्रा दिल्लीदेखि माथिल्लो मुस्ताङसम्म पुगी पुनः सोही स्थानमा पुगेर यात्रा पूरा हुने भएको छ। यसका लागि महिन्द्राले सातवटा स्कोर्पियो, एक गेटवे र एक थार गाडी प्रदान गर्नेछ। १३ दिनसम्मको यस यात्रा ७ अप्रिलमा प्रारम्भ भएको थियो। १९ अप्रिलमा सम्पन्न हुनेछ।

करिब २० जना सहभागी हुने यस यात्रा २ हजार ९ सय ५० किलोमिटर दूरी पूरा गरी सम्पन्न हुनेछ। यो यात्रा समुन्द्र सतहबाट शुरू भई चार हजार मिटरको उचाइसम्म पुग्नेछ।

वुमन वियोन्ड बाउन्ड्रिज एक भोरल्यान्ड जर्नी हो। यसले महिलाको गतिशीलतालाई आत्मसाथ गर्दै ग्रामीण महिलाको सशक्तीकरणका लागि विशेष महत्व राख्नेछ। यो एक्स्पिडिसन आफैमा अद्वितीय अवधारणा हो जसले महिन्द्रा गाडीको कठिन एवम् डीएनएलाई प्रदर्शित गर्नेछ र सहभागीलाई धेरैभन्दा धेरै रोमाञ्च प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्