मनमोहन स्मृति बास्केटबल हुँदै



काठमाडौं, (नेस)
नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ को आयोजनामा प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ।

पुरुषतर्फ समूह ‘ए’ मा नेपाल आर्मी ‘ए’, युनिभर्सल, बुढानीलकण्ठ र बलर्ज तथा समूह ‘बी’ मा आयोजक, आर्मी ‘बी’, साउथ साइडर्स, एसडीसी हाउन्ड्स र जेभियर इन्टरनेसनल रहेका छन्।

महिलामा एनसीसीएस, बुढानीलकण्ठ र आर्मी समूह ‘ए’ मा छन् भने आयोजक, साइपाल एकेडेमी र समृद्धि गोरिल्ला समूह ‘बी’ मा रहेका छन्। पुरुषको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन्। ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई समान १०–१० हजार नगद प्रदान गरिनेछ। त्यस्तै महिलामा पहिलो हुनेले ३० हजार र दोस्रोले १५ हजार नगद पुरस्कार हात पार्नेछन्। ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई समान ५–५ हजार नगद पुरस्कार दिइनेछ।

प्रतिक्रिया दिनुहोस्