आहिलेको आवश्यक्ता शान्ति, स्थायित्व र समृद्धि– रेग्मी



नेपाल समाचारपत्र, काठमाडौं ।
मन्त्रीपरिषद्का पुर्व अध्यक्ष खिलराज रेग्मीले अहिलेको आवश्यक्ता शान्ती, स्थायीत्व र समृद्धि भएको बताउदै यसका लागि संविधानद्वारा प्रत्याभूत हक, अधिकार र विकासको प्रतिफल जनसाधारणलाई अनुभूत हुने गरी सबैको पहुँचमा पु¥याइएको अवस्थाको सुनिश्चितता हुनुपर्ने बताउनु भएको छ । अन्यथा परिवर्तन र लोकतन्त्रको सारभूत पक्ष ओझेलमा पर्ने पनि उहाले बताउनु भएको छ ।

लोकतन्त्रलाई धरापमा पर्न नदिन सुशासन, सेवामुखी प्रशासन, विकास र समस्त साधन स्रोतको न्यायोचित वितरण आजको अनिवार्य आवश्यकता बनेको भन्दै रेग्मीले जनअपेक्षा पूरा गर्न सरकार गम्भीरतापूर्वक लाग्नेछ भन्ने कुरामा विश्वस्त हुनुको विकल्प छैन र सरकार पनि विकल्पहीन ढङ्गबाट अग्रसर हुनुबाट पन्छिन सक्ने अवस्था नभएको बताउनु भएको छ ।

नया वर्षको शुभकामना दिदै मन्त्रीपरिषद्का पुर्व अध्यक्ष रेग्मीले भन्नुभएको छ– ‘वर्तमान समय बोलेर भन्दा पनि गरेर देखाउने हो । जनता परिणाम र सुखद भविष्यप्रति आश्वस्त हुन चाहन्छन् । विकास र समृद्धि शब्दको बुई चढेर नआउने हुँदा त्यसतर्फ एकलव्य भई लाग्नु अब सबै नेपाल र नेपालीहरुको अभिष्ट बन्नु पर्छ ।’ इच्छाशक्ति, ज्ञानशक्ति र कर्मशक्तिबाट मात्र सफलता र समृद्धितर्फको यात्रा सिर्जनशील रुपमा अघि बढ्न सकिने उहाको भनाई थियो ।

नेपाली जनताले चाहना राखेको आफ्नो संविधान आफै बनाउने उत्कट अभिलाषा पूरा भइसकेको तथा संविधान निर्माणमा सफलता हासिल भएसँगै संविधान कार्यान्वयनको लक्ष्यमा उन्मुख नेपाली समाजले संविधान कार्यान्वयनको महत्वपूर्ण कडीको रुपमा रहेका तीनै तहको निर्वाचन सम्पन्न गरी हाल जननिर्वाचित सरकार गठन भई क्रियाशील रहेको अवस्था पनि छ ।

रेग्मीले भन्नुभयो– यस विशेष ऐतिहासिक मोडमा देश र जनताले राखेको अहिलेको अपेक्षा शान्ति, स्थायित्व र समृद्धि हो । यसका लागि संविधानद्वारा प्रत्याभूत हक, अधिकार र विकासको प्रतिफल जनसाधारणलाई अनुभूत हुने गरी सबैको पहुँचमा पु¥याइएको अवस्थाको सुनिश्चितता हुनुपर्छ । अन्यथा परिवर्तन र लोकतन्त्रको सारभूत पक्ष ओझेलमा पर्नेछ ।

नया वर्षको शुभकामना दिदै नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरु मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सिमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक रहेको बताउनु भएको छ ।

नेपाली जनताको लामो त्याग र वलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधि मार्फत निर्माण भएको नेपालको संविधान बमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको ऐतिहासिक महत्वका निर्वाचनहरु सम्पन्न भई संविधानको सफल कार्यान्वयन भैसकेको बताउदै सभापति देउवाले संक्रमणकालिन राजनीतिबाट समेत मुलुकले निकास पाएको पनि बताउनु भएको छ ।

‘यो ऐतिहासिक उपलब्धी पछि नेपाली जनताको अबको महत्वपूर्ण चाहना भनेको आर्थिक विकास नै हो’ शुभकामना सनदेशमा देउवाले भन्नुभएको छ– यसको प्राप्तिको लागि हामी सबै एकजुट भई मुलुकको सर्वा्ङ्गिण विकासमा अग्रसर हुनु पर्ने बेला आएको छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन नयाँ वर्ष २०७५ ले हामी सबैलाई प्रेरणा प्रदान गरोश भनि उहाले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्