५ नम्बर प्रदेश सरकाले ल्यायो १ अर्ब २ कारोडको बजेट



नेपाल समाचारपत्र, बुटवल ।
प्रदेश नं. ५ का मूख्यमन्त्री शंकर पोखरेलले आर्थिक तथा योजना मन्त्रीको हैसियतले आर्थिक वर्ष २०७४÷०७५ का लागि १ अर्ब २ करोड बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको छ ।

प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ३६ करोड ६३ लाख ८२ हजार अर्थात कुल विनियोजनको ३५ दशमलव ९० प्रतिशत र पूँजीगततर्फ ३४ करोड ६ लाख ७५ हजार अर्थात कुल विनियोजनको ३३ दशमलव ३९ प्रतिशत विनियोजन गरिएको छ ।

बाँकी रकम ३१ करोड ३४ लाख ४३ हजार अर्थात कुल विनियोजनको ३० दशमलव ३९ प्रतिशत अर्थबजेटमा राखिएको छ ।

उक्त शिर्षकबाट बचत भएको रकम आगामी आर्थिक वर्षको आयमा समावेश गरिने मूख्यमन्त्री तथा आर्थिक योजना मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

बजेटमा पहाड र तराईका जिल्लाका अति पिछडिएका गाँउपालिकाहरुलाई लक्षित गरी मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा २ करोड विनियोजन गरिएको छ ।

प्रस्तुत बजेट यस आर्थिक वर्षमा तत्काल स्थानहरुको छनोट र कार्यक्रमको प्रारुप तयार गरी आगामी आर्थिक वर्षको शुरुसंगै यो कार्यक्रमको कार्यान्वयन गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्