९२ केजी गाँजासहित दुई भारतीय महिला पक्राउ



नेपाल समाचारपत्र, हेटौंडा ।

भारतीय दुई महिलालाई ९२ केजी गाँजासहित पक्राउ गरिएको छ । शुक्रबार विहान नेवारपानी प्रहरी नायब निरीक्षक विजयदास बानियाँको टोलीले मकवानपुर मनहरीको रजैयास्थित मनहरीबाट हेटौंडा आउँदै गरेको सवारी चेक गर्ने क्रममा भारतको युपी २१ एफ १८५४ नम्बर बोलेरोबाट ४३ पोका गाँजा बरामद गरेको हो ।

बोलेराका यात्री भारत मोतीहारी जिल्ला मधुवर्ष गाउँ मोफस, छतौनी कलम बस्ने ३५ वर्षीया सुमित्रादेवी सहनी र २५ वर्षीया रिंकी देवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो ।

प्रहरी चेकिङ देखेर बोलेरो चालक फरार भएको खनालले बताउनुभयो । पक्राउ परेकालाई थप अनुसन्धान गरी कारबाही अघि बढाइने र फरार चालकलाई खोजी जारी राखिएको प्रउ खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्