हंगेरीको प्रधानमन्त्रीमा भिक्टोर ओर्बान निर्वाचित



काठमाडाैँ । हङ्गेरीमा आइतबार भएको चुनावमा पुनः सत्तारुढ दलले जित हासिल गरेको छ । प्रधानमन्त्री भिक्टोर अर्बानको पार्टी फिडेजसहितको केडिएनपी गठबन्धनआवद्ध दलहरुले नै धेरै ठाँउमा जित हासिल गरेका हुन् ।
चुनावमा खसेको कुल खसेको मतमा गणना गरिएको ८१ प्रतिशत मत मध्ये ४९.४२ प्रतिशत मत सत्तारुढ गठबन्धनले पाएको त्यहाँको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ ।

पूर्व प्रजातन्त्रवादी पार्टी जोब्बिक पार्टीले कुल २० प्रतिशत मत प्राप्त गरी दोस्रो स्थानमा पुगेको छ । त्यसैगरी तेस्रो स्थानमा एमएसजेडपीपी (सोसोलिष्ट डाइलग) पार्टीले १२.१३ प्रतिशत मत प्राप्त गरेको छ ।

त्यस्तै ६.६९ प्रतिशत मतका साथ ग्रिन इको एलएमपी र ५.४५ प्रतिशत मत ल्याएर लेफ्ट लिवरल डीके (डेमोक्रयाटिक कोलिसन) पनि संसदमा उपस्थित भएका छन् । पछिल्लो विवरण अनुसार संसदको १९९ सिट मध्ये १३४ सिटमा फिडेज नेतृत्वको गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

यसअघि सन् २०१४ र २०१० को भन्दा बढी मत अहिले आएको छ । सन् २०१४ मा भएको आम निर्वाचनमा सो गठबन्धनले १३३ सिटमा जित हासिल गरेको थियो ।यसपछि हुने नयाँ प्रधानमन्त्रीको चुनावमा पनि वर्तमान प्रधानमन्त्री भिक्टोर ओर्बान नै तेस्रो कार्यकालका लागि निर्वाचित हुने निश्चित जस्तै भएको छ ।

प्रधानमन्त्री ओर्बान सन् २०१० देखि शक्तिमा आउनु भएकोमा अब तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्नुभएकाे हो । हङ्गेरीमा आमनिर्वाचनका लागि ८० लाख मतदाता रहेका छन् भने झण्डै दश हजार मतदान केन्द्रहरु तोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्