डाक्टरद्वारा महिलामाथि आफ्नै र अज्ञात विर्य प्रयोग



टोरोन्टो, (एजेन्सी)
क्यानाडाका प्रजनन उर्वरतासम्बन्धी एक डाक्टरलाई आफ्ना आमाहरूलाई अज्ञात व्यक्ति र आफ्नै विर्य प्रयोग गरी गर्भवती बनाएको आरोप लगाउँदै शनिबार दर्जनौं व्यक्तिले उनीसँग क्षतिपूर्तिको माग गरेका छन्।

गत नोभेम्बरमा नै एक युवतीले डीएनए परीक्षणपछि आफू डाक्टर नोर्मान बार्विनकी पुत्री भएको प्रमाणित भएकाले क्षतिपूर्तिका लागि दाबी गरेकी थिइन्। सरकारी वकिलहरूले अहिले कम्तीमा अन्य ११ जनाले ती डाक्टर आफ्ना जैविक पिता भएको दाबी गर्दै क्षतिपूर्तिका लागि मुद्दा दायर गरेको बताएका छन्।

ती व्यक्तिहरूले आफूहरूले चाहेको जैविक पिताको डीएनएसँग आफ्नो डीएनए म्याच नभएको पाइएपछि कारबाहीका लागि कदम उठाएका हुन्। यो काण्ड सत्तरी दशकभन्दा पुरानो भएको र यसको ओटावास्थित ओन्तारायो ब्रोडभ्यु फर्टिलिटी क्लिनिक र ओटावा जनरल हस्पिटलका बिरामीहरूसँग सरोकार रहेको बताइएको छ।

तर, डाक्टर बार्विनका वकिल करेन ह्यामवेले उनीमाथिका पछिल्ला आरोपहरू अस्वीकार गरेका छन्। त्यसै गरी सरकारी वकिलहरूले अन्य ३५ जना महिलालाई पनि ती डाक्टरले तिनीहरूले चाहेका व्यक्तिका नभई अज्ञात व्यक्तिका विर्य प्रयोग गरी गर्भाधारण गराइदिएको दाबी गरेका छन्। तर, डाक्टर बार्विनविरुद्धका अभियोगहरू अदालतमा प्रमाणित हुर्ने बाँकी छ।

प्रतिक्रिया दिनुहोस्