बंगलादेशको मेलामा नेपालको सहभागिता



नेपाल समाचारपत्र, काठमाडौँ ।

नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सको संयुक्त प्रयासमा बंगलादेश ट्राभल एण्ड टुरिजम फेयरमा सहभागीता जनाएका छन् ।

चैत ६ गतेदेखि ८ गतेसम्म बंगबन्धु अन्तर्राष्ट्रिय सम्मेलनमा आयोजित ट्राभल र टुरिजम मेलामा नेपाल सहित थाइल्याण्ड, श्रीलंका, युएइ, भारत,चीन, कम्बोडिया, मालदिभ्स,भुटान र भियतनामका पर्यटन बोर्ड, ट्राभल एजेन्ट्स, एयरलाइन्स, होटलका साथै पर्यटन प्रवर्धन गर्ने सरोकारवालाहरु मेलामा सहभागी भएका हुन् ।

नेपालबाट १० वटा ट्राभल एण्ड टुर्सका प्रतिनिधी सहभागी रहेको मेलामा आएका, अवलोकनकर्ताले नेपाल भ्रमण गर्नको लागि उपयूक्त गन्तव्य रहेको बताएका छन् ।मेलामा ५० वटा विदेशी संस्थाले दशवटा पहिचानयुक्त ठूला ‘प्याभिलियन्स’, १८ वटा साना ‘प्याभिलियन्स’ र एक सय ३० वटा स्टल राखिएको पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

कार्यक्रममा नेपालका राजदुत डा. चोपलाल भुसाल, पहिलो बंगाली सगरमाथा आरोही एम ए मोहितले नेपाल र बंगलादेश बीचको सम्वन्धले नेपालको पर्यतन विकासमा मद्दत पुग्ने बताउनुभएको थियो ।अहिले ३० हजार पर्यटक बंगलादेशबाट आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्