सलमानलाई ५ वर्ष जेल सजाय १० हजार जरिवाना



बलिउड सुपरस्टार सलमान खानलाई हरिणको शिकार गरेको मामलामा ५ वर्ष सजायको फैसला सुनाइएको छ।

सलमानलाई दुई कालो हरिणको शिकार गरेको मामिलामा भारतको जोधपुर अदालतले दुई दशकपछि बिहीबार १० हजार रुपियाँ जरिवानासहित ५ वर्षको सजाय सुनाइएको हो। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अदालतका मुख्य न्यायाधीश देवकुमार खत्रीको इजलासले वन्यजन्तु संरक्षण ऐनअन्तर्गत सलमानलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो। यो घटनाको अन्य आरोपी कलाकार सैफअलि खान, सोनाली बेन्द्रे, तब्बु र नीलमलाई भने अदालतले सफाइ दिएको छ।

सजाय सुनाएपछि सलमानलाई प्रहरी भ्यानमा राखेर जोधपुर केन्द्रीय काराबास लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। फैसला सुनेपछि सलमानको आँखामा आँशु देखिएको तथा सँगै गएका सलमानका दुई बहिनी अलविरा र अर्पिता आफूहरूलाई सम्हाल्न नसकेर अदालत परिसरमै रोइरहेको समाचारमा उल्लेख गरिएको छ।

अदालतले सलमानलाई सन् १९९८ को अक्टोबरमा फिल्म हम साथ साथ है फिल्मको सुटिङका क्रममा काकाणी गाउँमा कालो हरिण शिकार गरेकोमा दोषी ठहराएको हो।

प्रतिक्रिया दिनुहोस्