सलमान खानलाई ५ वर्ष जेल सजाय



काठमाडौँ ।

करिब २० वर्ष पुरानो कालो हरिणको शिकार गरेको मामलामा बलिउड अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय हुने भएको छ। सन् १९९८ मा जोधपुरको ग्रामीण इलाकामा दुई हरिणको शिकार गरेको आरोपमा सलमान लगायत पाँचजना विरुद्ध वैष्णोइ समाजले मुद्दा हालेको थियो।

सलमान खानका साथै अभिनेता सैफअलि खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीलमविरुद्ध मुद्दा चलाइएको थियो। जोधपुर अदालतले बिहीबार सलमान खानलाई दोषी ठहर गरेको छ भने अन्यलाई सफार्इ दिएको छ।
सलमान लगायत अन्य कलाकार २० वर्ष पहिले फिल्म सुटिङका लागि जोधपुर गएका बेला शिकार खेलेका थिए। यो मुद्दा भारतको वन्यजन्तु कानुन अन्तर्गत दर्ता गरिएको थियो। जसमा दोषी पाइएकालाई ६ वर्ष सम्मको जेल सजायको प्रावधान रहेको छ। सलमान खानले भने आफूमाथि लगाइएको आरोप निराधार रहेको बताउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्