त्रिभुवन विमानस्थलमा थप तीन घण्टा सञ्चालन गरिने



नेपाल समाचारपत्र
काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दै गएको चापलाई कम गर्न अब २१ घण्टा सञ्चालन गरिने भएको छ। दैनिक चार सयको हाराहारीमा उडान र अवतरण हुँदै आएको विमानस्थलको चापलाई कम गर्नको लागि २१ घण्टा सञ्चालन गर्न लागिएको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले बताउनुभयो।

अहिले दैनिक १८ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल थप ३ घण्टा सञ्चालन गर्न तयारी भएको हो। बिहान ६ बजेबाट राती १२ बजेसम्म सञ्चालन हँुदै आएको विमानस्थल अब भने रातीको ३ बजेसम्म सञ्चालन हुनेछ। मन्त्रीको निर्देशनसँगै आन्तरिक तयारी थालेको त्रिभुवन विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले बताउनुभयो। विमानस्थलले हाल भएको ९ पाकिङ वे लाई बढाएर १६ बनाउने तयारी छ। कन्भे वेल्ट पनि हाल ४ वटा रहेकोमा थप २ गरेर ६ बनाइँदै छ। हाल विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी २६ पाकिङ वे छन्।

मौसमको कारण उडान अवतरणमा समस्या
केही दिनदेखि मौसममा आएको परिर्वतनको कारणले गर्दा विमानस्थलमा थप एयर ट्राफिक बढै गएको विमानस्थलका उपप्रमुख सुधीर चौधरीले बताउनुभयो। जलवायु परिवर्तनको कारणले गर्दा कुमुलो निम्वुस बादल सक्रिय हँुदै गएपछि केही दिन यता आइयफआर प्लाईट(इन्टुमेन्टल फलाइट रुट) हुँदै आएको छ। जस्ले गर्दा झन् एयर ट्राफिको चाप बढेको चौधरीले बताउनुभयो। प्रि मन्सुनको समयमा कुमुलो निम्वुस बादल सक्रिय हँुदै जान्छ, पछिल्ला केही वर्षदेखि यो बादल मौसममा आएको परिवर्तनका कारण बढ्दो क्रममा रहेकाले विमानस्थलमा एयर ट्राफिक चाप बढेको चौधरीको भनाइ रहेको छ। यो बादलसँग कुनै वस्तुले छँुदा विद्युत् प्रवाह हुने हँुदा यसबाट जोगाएर विमान चालकले उडान भर्नुपर्ने छ।

भीएफआर (भिजअल फलाई रुट) मा ५ हजार फिट परसम्म आँखाले देखिने गरि उडान अवतरण गरिन्छ यदी आईफआर फ्लाइटमा २ हजार फिट परसम्म उडान अवतरण गरिन्छ। जस्ले गर्दा भीएफआरमा प्रतिघण्टा ३३ विमान उडान अवतरण गर्न सकिन्छ भने आईफआरमा १३ मात्र उडान अवतर गर्न सकिने हुँदा एयर ट्राफिक को समस्या बढेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताउनुभयो। विमानस्थलको चाप मार्च १५ देखि र जुन १५ सम्म पर्यटन आगमन धरै बढ्ने हुँदा विमानस्थलमा चाप बढ्दो क्रममा रहेको विमानस्थलका अधिकारीहरूको भनाइ छ। विमानस्थलको चापलाई कम गर्नको लागि ‘र्यापिट इन’ ट्रयाक्सी वे बनाउनुपर्ने र यसको लागि विमानस्थलले काम थालेको छ।

प्रतिक्रिया दिनुहोस्