करिनाको तस्वीर ट्रोल



हालै सिंगापुरमा भएको समर फेसन विकमा भारतीय डिजाइनर मनीष मल्होत्राका लागि नायक कार्तिक आर्यन र नायिका करिना कपुरले र्याम्प वाक गरे।

शोको केही तस्वीर कार्तिकले आफ्नो ट्विटर अकाउन्टमा शेयर गरे। यसमा करिनाको लुक्स सोसल मिडिया प्रयोगकर्तालाई भने मन परेन। यो फोटोमा करिना कपुर निकै नै दुब्ली देखिएकी छिन्। त्यसैले उनीहरूले ट्रोल गर्न शुरू गरे।

जसमा केही प्रयोगकर्ताले उनको फोटोमा ‘केही खान शुरू गर्नुस्’ भनेर व्यंग्य गरे भने केहीले करिना कुपोषणको शिकार भएको टिप्पणीसमेत गरे। करिना यो फोटोमा वर्षौंअघिको फिल्म टसनका लागि जिरो फिगर लुक्समा जस्तो देखिएकी छिन्।

सन २०१६ को डिसेम्बरमा आमा बनेकी करिनाले आमा बनेको केही महिनामा नै जिम जान शुरू गरेकी थिइन्। यो उनको त्यही कडा वर्कआउटको नतिजा हो कि आमा बनेपछि पनि उनी निकै फिट देखिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्