कट्रिनाले पिइन् सलमानकै कपको कफी



बलिउड नायक सलमान खान अहिलेसम्म सिंगल छन्, तर उनको गर्लफ्रेन्डको लिस्टमा लामै नाम छ।

नायिका कट्रिना कैफ र उनको नाम पनि बरोबर जोडिएर आइरहेको छ। यो जोडीलाई उनीहरूको फ्यानले पनि निकै मन पराएका छन्। लगभग ५ वर्षपछि उनीहरूले फिल्म टाइगर जिन्दा हेबाट बलिउडमा कमब्याक गरेका छन्। फिल्मको सफलतापछि पनि उनीहरूको अनस्क्रिन कमेस्ट्री सबैले मन पराएका छन्।

हालै कट्रिनाका साथ सलमान भारतको पुणेमा भएको आफ्नो दबंग टुरबाट फर्के र त्यसको पहिलो दिन उनीहरू एक पत्रकार सम्मेलनमा सामेल भए। जसमा उनीहरूले आफ्नो प्रस्तुतीको बारेमा जानकारी दिए। यही बीच पत्रकारहरूलाई उनीहरूको केही फोटो तथा भिडियो बनाउने मौका मिल्यो। उनीहरूको एक भिडियो भाइरल बनेको छ। जसमा सलमान आफूले पिइरहेको कफी कट्रिनालाई अफर गरिरहेका छन् भने कट्रिना पनि सलमानको कफी लिएर पिइरहेकी देखिन्छिन्। उक्त समय छेउमै रहेकी सोनाक्षी सिन्हा भने मिडियासामु कुरा गरिरहेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्