नेपाल प्रहरीमा आईजीपी को ? स्व घोषित सेलीब्रेटी, बढी चर्चामा आउने की शक्तिकेन्द्र धाउने !



सन्तोष खनाल, काठमाडौं । नेपाल प्रहरीमा बिगत देखि नै कामले चिनिएका प्रहरी, तलैदेखि स्व घोषित रुपमा बनाईएका सेलीब्रेटी र गरेको काम भन्दा मिडियामा बढी चर्चामा आउने र शक्तीकेन्द्र धाउने प्रहरी यस्तै ३ थरी प्रवृित बिगतदेखि नै नेतृत्वमा बिद्यमान रेहेको थियो । अहिले पनि नेपाल प्रहरी भित्र त्यस्तै देखिएको छ । हालसम्म प्रहरी संगठनलाई कामले चिनाएका प्रहरीले नेतृत्व गर्न नपाएको तितो यथार्थ हामीसमू बिद्यमान छ ।

हालसम्म जति प्रहरी अधिकृत संगठनको नेतृत्वमा पुगे पनी सम्पुर्ण पहिलेदेखि घोषित गरिएका र चर्चामा ल्याई सोही अनुसार ग्रुम गरिएका ब्यक्तीलाई नै नेतृत्वमा यो वा त्यो तरिकाले पुर्याईयो त्यसको कारण नेपाल प्रहरी संगठन हाल करिब करिब बिघटनको अवस्थामा पुर्याईएको छ । अर्थात् कामको मुल्यांकन होईन की शक्तीकेन्द्र वा माथीको आदेशको भरमा प्रहरी संगठन परिचालन गरियो ।

जसले गर्दा योग्य र सेवा भाव राखि संगठन प्रबेश गरेको अधिकारीहरु निरासा उन्मुक हुन पुगे भने प्रहरीले जन बिश्वास जती पाउनु पथ्र्यो त्यो पाउन सकेन ।

यस्तो गहन जिम्मेवारी बोकेको संगठन प्रमुख रोज्ने मौका हाल विकास, समृद्धि र शुसासन ल्याउने उद्देश्यका साथ जनताबाट अनुमोदित भई आएको बाम गठबन्धन सरकारले प्राप्त गरेको छ ।

यस सरकारले कामले आफ्नो ब्यक्तीत्व बिकास गरेका अर्थात् चाहे पर्सामा रहदा होस् वा धनुषामा वा जनआन्दोलन उत्कर्षमा पुग्नै लाग्दा काठमाडौको सुरक्षा कमाण्ड सम्हालेका वा अपराध महाशाखामा रहदा राज्यको लागी खेलकुद खेल्दा म्याच फिक्सीङ्, उपभोक्तालाई ठगी गर्ने नाउमा पेट्रोल पम्पमा बिद्युतिय उपकरण जोडी कम तेल आउने बनाई करोडौ ठगी गर्ने, बेरोजगारी युबालाई बिदेश पठाउने नाउमा ठुलो रकम लिई ठगी गर्ने मेनपावर ब्यबसायी माथि निर्भिकरही कारबाही गरेका नायव प्रहरी महानिरीक्षक (डिआइजी) सर्वेन्द्र खनाल उपयुक्त पात्र देखिएको चर्चा हुन थालेको छ ।

त्यतीमात्रै हैन पढाईको लागी बिदेशिने बिद्यार्थीहरुलाई ठुलो रकम लिई शैक्षिक लुट मच्चाउने कन्सल्टेन्सीलाई कानुनी दायरामा ल्याउने, नाकाबन्दीको समयमा जनतालाई सेवा दिनुको बदला मौकामा चौका हान्ने नाफाबाट ब्यापारीहरुलाई कालोबजारी गर्नबाट बञ्चित तुल्याउने एवं गुण्डागर्दी नियन्त्रणको लागि यस्ता कार्यमा संलग्न एवं पेशेवार गिरोह सञ्चालन गर्ने लाई निर्दयी ढंगले कारबाही गर्ने खनालजस्ता प्रहरी नेपाल प्रहरीमा आज पनि सकृय भएर आफ्नो जिम्मेवारी निभाईरहेका छन ।

पछिल्लो समय काठमाडौको ट्राफिक ब्यबस्थापनमा उल्लेखनिय सुधार ल्याउन खनाल सफल भएका छन । पाएका सबै जिम्मेबारी कुशलता र सफलतापूर्व निर्वाह गर्ने एक भिजन र मिसन भएका काबिल प्रहरी अधिकृत जुन अहिले कार्यसम्पादन मूल्यांकनमा समेत एक नम्बरमा रहेका छन । सर्वोच्च अदालतले सिलवाल प्रकरणमा कार्यसम्पादन मूल्यांकनलाई आधार मान्नुपर्ने गरी नजिर स्थापित गरेको छ ।

वर्तमान सरकारले पद्धती स्थापित गर्नका लागि भए पनि कार्यसम्पादन मूल्यांकनमा एक नम्बरमा रहेका डिआइजी खनाललाई प्रहरीको नेतृत्व दिनुपर्ने र आगामी दिनमा पनि यो किसिमको नजिर बसालेमा अघिल्लो सरकारले गरेको कमजोरी दोहोरीने र प्रहरी संगठन मात्रै नभएर सरकार नै आलोचित हने अवस्था आउनु हँदैन । प्रतिस्पर्धामा रहेका रमेश खरेल र पुष्कर कार्की कुनैपनि हालतमा कमजोर मात्र नभएको खनाल पछि दोस्रो र तेस्रो नम्बरमा कार्यसम्पादन मूल्याङ्कनमा पर्नुले देखाईसकेको छ ।

नेपाल प्रहरीका महानिरिक्षक (आइजीपी) प्रकाश अर्यालसहित सवै एआइजीहरु सेवा अबधिका हिसाबले अबकाश पाउने समय आईसक्न लागेको छ । नेपाल प्रहरीमा नयाँ नेतृत्व छनौट गर्न सरकारले भित्र भित्रै आवश्यक गृहकार्य सुरु गर्न लागेको छ।

प्रहरी नियमावली २०७१ अनुसार प्रहरी महानिरीक्षक पदमा बढुवाका लागि प्रहरी अतिरिक्त महानिरीक्षकहरू मध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरी नायव महानिरीक्षकहरू मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ ।ु भन्ने उल्लेख छ ।

सर्वोच्च अदालतले नवराज सिलवाल प्रकरणमा कार्यसम्पादन मूल्यांकनलाई आधार मान्नुपर्ने गरी नजिर स्थापित गरेको अबस्थामा खनालको विकल्प देखींदैन । प्रहरी संगठनमा गलत ढंगले हात हाल्दा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा चुकेका थिए । त्यसकारण वर्तमान सरकारले पद्धती स्थापित गर्नका लागि तथा कार्यकुशलता र जिम्मेवारी बहन गर्ने क्षमता कै आधारमा पनि कार्यसम्पादन मूल्यांकनमा एक नम्बरमा रहेका डिआइजी सर्वेन्द्र खनाललाई आईजीपी नियुक्ती गर्ने अवस्था देखिन्छ । प्रतिस्पर्धामा दुई नम्वरको वरियतामा रहेका रमेश खरेल र तीन नम्वरका पुष्कर कार्की पनि कमजोर होइनन ।

वरियताक्रममा एक वर्ष अगाडी एसएसपीबाट डिआइजी बढुवा भएका चर्चित तथा व्यावसायिक प्रहरी अधिकृत सर्बेन्द्र खनाल एक नम्बरमा छन् । प्रहरी सेवामा रहेर काम गर्दा हालसम्म बसेको स्थानहरुमा उत्कृष्ट काम गरेर ब्यापक लोकप्रियता समेत कमाइसकेका खनालले एक व्यवसायीक अधिकृतको छवि समेत बनाएका छन् ।

सिङ्गो संगठन र यसका अधिकांश सदस्यहरुको बारेमा राम्रो ज्ञान भएका र सवैसंग समन्वय गर्न सक्ने अधिकृतको रुपमा चिनिएका खनाल आइजीपी हुँदा संगठनमा विगत लामो समय देखि देखिंदै आएको अन्योलता, खिचातानी र असहयोगको अवस्थाको पनि अन्त्य हुने अनुमान गरिन्छ । विभिन्न सफलताका कारण चर्चामा रहेका सेलीब्रेटी प्रहरी अधिकृत सर्बेन्द्र खनाल ट्राफिक प्रहरीमा आउनासाथ त्यसको सकारात्मक प्रभाव देखिएको थियो ।

प्रहरीको व्यवसायिक छवि एवं सम्पूर्ण संगठनको प्रतिष्ठा सर्बदा उंचो राख्न सर्बेन्द्रका दर्जनौं सफलताका श्रृंखलाहरु छन्, जसले उनलाई सफलताको उचाइतर्फ दोहोर्याएको छ । जनआन्दोलनमा काठमाडौंको प्रमुख हुँदा उनले निभाएको भूमिकाकै कारण पनि उनी प्रहरीको नेतृत्व सम्हाल्न सक्छन भन्ने प्रमाणित गरेको छ।

सर्वेन्द्र खनाललाई सफलताको उचाइमा पुर्याउने उनका चर्चित कामहरु

– मोस्टवान्टेड सूचिका गुन्डा नाइके कुमार घैंटेको इन्काउन्टर 

खनाल अपराध महाशाखामा आएपछिको पहिलो ठूलो सफलता थियो, जसका कारण काठमाण्डौंमा शान्ति सुरक्षा एवं अमन चयन कायम गर्न उनको उल्केखनिय भूमिका रह्यो । घैँटे इन्काउन्टरका बेला नेपालबाट मात्र होइन विदेशका पनि नेपालीहरुले फोनबाट बधाई दिएका थिए उनलाई ।

–फुटबल म्याच फिक्सिङ
भनेपछि गर्ने र गरेपछि परिणाम देखाउने खुबी भएका उनको दोस्रो ठूलो सफलता थियो, पैसामा खेल बेचेर सबै देशको इज्जत फाल्ने फुटबल खेलाडीमाथिको ठूलो र जोखिमयुक्त अप्रेसन । म्याच फिक्सिङ गर्नेहरुको धन्दालाई धुजाधुजा पारेको केही समयमा नेपाली फुटबलमा नयाँ इतिहास कायम भयो । २३ वर्षपछि नेपालले अन्तराष्ट्रिय खेल जित्यो । त्यो बेला उनले मिडियामा प्रतिक्रिया दिँदै भनेका थिए ‘मेरो उद्देश्य पूरा भयो’ । यो सफलतापछि उनी हाइ हाइ नै भए । खेलको सौदाबाजी गर्ने राष्ट्रिय फुटबल टिमका कप्तान सागर विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई खनालको टिमले कानुनको कठघरामा उभ्यायो ।

–नाकाबन्दीमा सहजीकरण
नाकाबन्दीको फाईदा उठाउँदै कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बनेका सरकारका सहसचिव पनि सर्वेन्द्रको जालोमा परे । लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरि बच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजिखोजि हतकडी लगाए । १ सय लिटर तेल हाल्दा मिटरमा १ सय लिटर देखिए पनि ५ लिटर कम हुने गरेको प्रहरीको अनुसन्धानपछि खुल्नआयो । प्रहरीले नेपाल पेट्रोल एसोसिएसनका पदाधिकारी सहित पेट्रोल पम्पका सञ्चालकलाई पक्राउ गर्यो । खनालको टोलीले नाकाबन्दीले जनताले पीडा भोगेको बेला त्यसको फाईदा उठाउँदै कालोबजारी गर्न सहयोग गरेको आरोपमा सरकारका सहसचिव तथा नापतौल विभागका प्रमुख रामआधार साहलाई हतकडी लगायो ।

–जमिम शाहको हत्यारा पक्राउ
महाशाखामा आएको केही समयमा नै उनले संचार उद्यमी जमिम साहको हत्याका मुख्य आरोपीलाई पक्राउ गरे । जमिम हत्याकाण्डका आरोपित जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । जमिम साहको २०६६ सालमा हत्या भएको थियो ।

–निर्मम हत्याकाण्डको पर्दाफास
ललितपुरको बडिखेलमा १२ वर्ष पहिला एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दा पनि उनै एसएसपी खनालले खोले । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्र बहादुर पहरीलाई एसएसपी खनालकै टोलीले पक्राउ गरेर देखायो ।

–अवैध कन्सलटेन्सीहरुमाथि कारवाही
अवैध धन्दा गर्ने कन्सलटेन्सीहरु उनको नजरबाट बच्न सकेनन् । अवैध कन्सल्टेन्सी खोलेर अवैध रुपमा विदेश पठाउने दलालहरुको अखडामा उनको टोलीले धावा बोल्यो । निहित स्वार्थका लागि शैक्षिक परामर्शको नाममा गलत सूचना दिएर हाम्रै छोरो छोरी तथा भाइ बहिनीको भविश्वमाथि खेलवाड गर्ने जो कोहिलाई कानुनले छाड्दैन भन्दै उनले कारवाही अगाडि बढाए । छापा हान्न थालेपछि अतालिएका दलालहरु कन्सलटेन्सी दर्ता गराउन तछाडमछाड नै गरे ।

–युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालक पक्राउ

विभिन्न प्रलोभन देखाएर सर्वसाधारण जनताको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालनक विष्णु बहादुर क्षेत्र र कृष्ण बहादुर क्षेत्री पनि खनालको फन्दामा परे। अनेकन प्रलोभन देखाएर यी दुई दाजुभाईले ठगीको सन्जाल नै चलाएका थिए ।

–सम्बेदनशिल एवं चुनौतिपूर्ण जिल्लाहरुको सफलतापुर्वक कमाण्ड
जनकपुर, पर्सा लगायतका तराइका नमा बस्दा एसएसपी खनालले गुण्डागर्दी, तस्करी नियन्त्रण गर्दा धेरै पटक आफ्ने ज्यानसंग खेल्नु पर्यो । उनले आफ्नो जिम्मेवारीबाट भाग्ने प्रहरी संगठनका डिएसपीको घटुवा समेत गरेका थिए । कुख्यात भारतीय अन्डर वर्ल्ड नाइके बब्लु दुबेलाई पक्राउ गरेपछी त उनले भारतको समेत पुरस्कार पाए । उनले नेतृत्व समालेपछि अपराध महाशाखाले सयौं मुद्धामाथि सफल अप्रेसन गरेको थियो । राष्ट्र र जनताको पक्षमा काम गर्ने कुशल र बहादुर योद्धा विरलै जन्मन्छन् । जसको कामप्रति आशा र भरोषा गर्न सकिन्छ । समाजलाई सत्यको बाटो देखाउने र समाजमा रहेका विकृति र विसंगतीको विरुद्ध धावा बोल्ने खनाल अहिलेलाई नेपाली समाजका नायक हुन भन्दा फरक पर्दैन ।

–नेपाल प्रहरी संगठनको नीति निर्माण तह तथा व्यवस्थापकिय कार्यमा पोख्त 
खनाल जुन क्षेत्रमा गएका छन त्यहाँ प्रहरी भित्र हुने हरेक गतिविधिलाई नजिकबाट नियाल्दै विधिको शासन लागु गर्न संगठन र आफ्नो क्षेत्रमा क्रियाशिल भएर लागेका छन ।

प्रतिक्रिया दिनुहोस्