टाटा नेक्सन अभियानका विजेता घोषित



नेपाल समाचारपत्र
काठमाडांै
टाटा मोटर्स् नेपालले फेसबुक अभियान ‘टाटा नेक्सन नाम कन्टेस्ट’ को विजेता घोषित गरेको छ। यस फेसबुक अभियानमार्फत पाँच जना विजेताले १ तोला सुन जित्न सफल भएका छन्।
फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्स्को पेज लाइक गरी सहभागी भएका प्रतियोगीमध्ये ५ जना विजेताहरू सुरज नेक्सन निरौला, महेश नेक्सन भट्टराई, हरि नेक्सन खड्का, राधाकृष्ण नेक्सन पाठक र सापकोटा नेक्सन सुवोध विजयी भएका छन्।

उक्त इभेन्टलाई सम्बोधन गर्दै टाटा मोटर्सका जनरल म्यानेजर प्रविन खतिवडाले सहभागी प्रतियोगीलाई धन्यबाद ज्ञापन गर्दै भन्नुभयो–‘यस क्याम्पेनको आइडिया सिप्रदी मार्केटिङ टिमले सिर्जना गरेको हो र यस प्रकारको क्याम्पेन नेपालमै पहिलोपटक आयोजना भएको हो। जहाँ प्रोडक्टको नामलाई नै आफ्नो बीचको नाम बनाउनुपर्ने थियो। विशेषगरी प्रयोगकर्तालाई कसरी योजनामा समावेश गर्न सकिन्छ भन्ने अवधारणामा यो क्याम्पेन लन्च गरिएको हो। पछिल्लो दुई महिनामा ६१८ जना सहभागीले आफ्नो बीचको नाम परिवर्तन गरेका थिए।

हामीले ५ जना विजेता घोषित गरेता पनि ६१८ जना सहभागी नै हाम्रो लागि विजेता हुनुहुन्छ र निकट भविष्यमा पनि टाटा मोटर्स्ले यस्ता प्रतियोगिताहरू निरन्तर रूपमा ल्याउनेछ।’ टाटा नेक्सनको यस फेसबुक अभियान जनवरी २०१८ देखि शुरू भई फेब्रुअरी २०१८ मा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्