एपीएफ क्वार्टरफाइनलमा



नेपाल समाचारपत्र
बुटवल
तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको प्रतिस्पर्धामा नवीन लामाको ≈याट्रिकसंगै एपीएफ क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

झापा–११ संग भएको प्रतिस्पर्धामा एपिएफका खेलाडी लामाको ३ गोलसहित एपीएफले ४–२ गोल अन्तरको जित हासिल गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको हो। खेलको पाँचौ मिनेटमा कर्ण लिम्बूको गोलसंगै झापा–११ ले शुरूआती अग्रता लिएको थियो। तर खेलको १७औं मिनेटमा एपीएफका रामकुमार कुमालले बराबरी गोल फर्काएका थिए। झापाका डिफेन्डर डिलेन लोक्तानले ३५औं मिनेटमा डि–एरियाभित्र फाउल गरेपछि पाएको पेनाल्टी सुटलाई ३६औं मिनेटमा नवीन लामाले गोलमा परिणत गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए।

झापाले दोस्रो हाफपछि अर्को गोल गर्दै २–२ को बराबरी गर्यो। कर्ण लिम्बूको हेडलाई सदुपयोग गर्दै खमिर गिल्सन खन्डवाले हेडमार्फत नै ५७औं मिनेटमा बललाई जालि चुमाएका थिए। झापाले चुस्त डिफेन्स गर्न नसक्दा एपीएफका नवीन लामाले ६१औं मिनेटमा गोल गर्दै टिमलाई पुनः ३–२ गोलको अग्रता दिलाए। झापाका नवीन लामाले ८९औं मिनेटमा ≈याट्रिक गोल गर्दै टिमलाई ४–२ गोलको जित दिलाए। एपीएफको तर्फबाट ३ गोल गरेका नवीन म्यान अफ द म्याच चुनिए। उनलाई युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष राजु गुरुङले नगद १० हजारबराबरको चेक हस्तान्तरण गरे।

झापाका प्रशिक्षक प्रवेश कटवालले ओभर कन्फिडेन्सका कारण खेल गुमाउनुपरेको प्रतिक्रिया दिए। उनले भने– ‘हामीले पहिलो गोल गरेपछि इज्जी लियौं, त्यही नै हरको मुख्य कारण बन्यो। पहिलो हाफमा पाएका अवसरहरू टिम स्प्रिट गुमाएका करण गोलमा परिणत गर्न सकेनौं।’

एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले शुरूआत रिदम बिग्रिएका करण शुरूमा गोल खानुपरेको धारणा व्यक्त गर्दै भने– ‘हामीसँग फास्ट खेल छ, उत्कृष्ट कमब्याक गर्ने क्षमता राख्छांै। आजको परिणाम पनि त्यस्तै हो।’ मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश ५ समितिको आयोजनामा सञ्चालित प्रतियोगिताअन्तर्गत सोमबार मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौं र नेपाल आर्मीबीच पहिलो क्वार्टरफाइनलको प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्