उमा कुङफुमा लामा अध्यक्ष



काठमाडौं, (नेस)
नेपाल उमा कुङफु संघको पहिलो चुनावी साधारणसभाले सिद्धार्थ लामा तामाङको अध्यक्षतामा १४ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ। लामा अघिल्लो कार्यसमितिमा सचिव थिए। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सञ्जितकुमार राई, मुन्नी सुवेदी लामा तामाङ र कुमार पौडेल, महासचिवमा भूपेन्द्र गुरुङ, सचिवमा रमेश महर्जन तथा कोषाध्यक्षमा सुकमान लामा रहेका छन्।

विजय तामाङ, जीवन प्रजापति, गुना गुरुङ, जीवन गुरुङ, आनन्दकुमार यादव, अशोक केसी र राजदीश नेम्कुल सदस्यमा चयन भए। साधारणसभा केन्द्र र विभिन्न १५ जिल्लाका ३५ प्रतिनिधिको उपस्थिति रहेको उमा कुङफु संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्