एउटा जीवनोपयोगी कथा



प्राचीन समयको सन्दर्भ हो। त्यतिखेर छात्रहरू गुरुकुलमा बसेर अध्ययन गर्दथे। त्यतिखेरको पठनपाठनको शैली र तरिका आजको जस्तो थिएन। छात्रछात्राहरू सैद्धान्तिक ज्ञानका सन्दर्भमा जति जानकारी राख्थे, त्योभन्दा धेरै उनीहरू व्यावहारिक ज्ञानका दृष्टिले पनि निकै सक्षम र योग्य हुने गर्दथे। एउटा किशोर गुरुकुलबाट घरमा छुट्टी बिताएर गुरुकुल फर्किरहेको थियो। सुन्दर नदीको किनारैकिनार सुन्दर वनको छेउ–छेउ ऊ गुरुकुलतिर अघि बढिरहेको थियो।

बाटोमा उसले अचम्मको प्राकृतिक शोभाको अनुभूति गर्यो। बोटबिरुवाहरू फुलिरहेका छन्। चराचुरुङ्गीहरूको चिरबिर–चिरबिरले सिर्जना गरेको संगीत व्याख्या गरेर सकिने किसिमको थिएन। नदी एकनासले सुसाइरहेको थियो। लामो समय घरमा बिदा मनाएर फर्किएको त्यो किशोर गुरुकुल पुग्नका लागि छिटोछिटो कदम चालिरहेको थियो।

प्रकृतिको त्यो सौन्दर्यमा मस्त हुँदै ऊ अघि बढिरहेका बेला वरपर फुलिरहेका गुलाफ पूmलको सुगन्धले उसलाई थप आनन्दित तुल्यायो। अहो, गुलाफ पूmलका थुँगाहरूबाट प्रसारित भइरहेको सुगन्ध कम्ती मीठो थिएन। ऊ साह्रै प्रसन्न थियो। एकछिन् रोकिएर मस्तले लामो सास फेर्दै उसले धित मरुन्जेल गुलाफ पूmलको सुगन्ध पान गर्यो। त्यति मीठो वासना उसले त्यसअघि कहिल्यै अनुभव गरेको थिएन। एउटा पूmलमाथि नाक अड्याएर उसले पूmलको सघन वासना प्राप्त गर्यो। साह्रै मन परेका कारण एउटा पूmल टिपेर सुँघ्दै उसले रोकिएको यात्रालाई निरन्तरता दियो।

उसले मनमनै विचार गर्यो, ‘अहा, यो पूmलको सुगन्ध कति मीठो ⁄ के यो सुगन्ध अरू चीजसँग यो फुललाई राख्ने हो भने पनि कायम रहला त ?ु उसलाई जाँच्न मन लाग्यो। अलिकति जमिनको धूलो माटो हातमा लिएर त्यो पूmलमाथि छर्कियो र सुँघ्यो, तर पनि पूmलको सुगन्ध जस्ताको त्यस्तै रह्यो। त्यसपछि अलिकति सुकेका झारपातसँग राखेर उसले विचार गर्यो। त्यतिखेर पनि पूmलको सुगन्ध घटेको थिएन। ऊ अलि अघि बढ्यो। झरनाबाट झर्झराउँदै बगिरहेको झरनाको पानीले उसले त्यो पूmललाई भिजाइदियो र सुँघ्यो, पूmलको वासना हराएको थिएन। झरनाको पानी जम्मा भएको एउटा खाडलबाट अलिकति हिलो माटो उठाएर उसले पूmलमाथि राख्यो र सुँघ्यो, त्यतिखेर पनि गुलाफले आफ्नो सुगन्ध गुमाएको थिएन।

यिनै परीक्षणहरूबाट गुज्रँदै ऊ हातको गुलाफ पूmल लिएर गुरुकुल पुग्यो। गुरुकुलमा उसलाई एउटा पूरै कोठा दिइएको थियो। त्यतिखेर विद्यार्थीले गुरुकुलमा आफ्नो काम आफैँ गर्नुपर्ने थियो। भात पकाउने, खाने, भाँडा माझ्ने, सरसफाइ गर्ने, पढ््ने, लेख्ने आदि अनेक काम उनीहरू स्वयंले गर्नुपर्ने अवस्था थियो। कोठामा पुगेपछि एउटा बट्टामा राखिएको महको थोपो आपूmले साथै लिएर आएको पूmलमाथि छर्कियो र अनुभव गर्यो, महको थोपोले पनि पूmलको सुगन्धलाई कम गर्न सकेन।

ऊ जुठेल्नुमा गयो र त्यो पूmलमाथि अलिकति जुठो पानी खन्याइदियो, त्यतिखेर पनि फूलले आफ्नो सुवास गुमाएन। धेरै प्रयोग गर्यो उसले पूmल र त्यसको सुगन्धमाथि। अन्तिममा थकित भएर पुस्तक राख्ने दराजमा पूmल थन्क्याइदिएर ऊ आफ्नो नियमित कामधन्दामा लाग्यो।

एक हप्तापछि गुरुसँग पढेर आउनासाथ विश्राम गर्न भनी एकछिन् ऊ ओछ्यानमा पल्टियो। ओछ्यानमा पल्टिएर के–के सोचिरहेको बेलामा अकस्मात् उसले घरबाट फर्कंदा बाटोमा अनुभव गरेको गुलाफ पूmलको वासना झल्झल्ती सम्झियो। सम्झिएन मात्र, त्यस्तै वासना अहिले पनि आइरहेको जस्तो लाग्यो। ऊ ओछ्यानबाट उठ्यो। कोठाको एउटा कुनाबाट अर्को कुनासम्म पुग्यो। सबैतिर त्यस्तै सुगन्ध बाँकी छ। यसै बीच अकस्मात् त्यो किशोरका आँखा दराजमा एक हप्ताअघि उसले राखिछाडेको गुलाफको पूmलमाथि पर्यो। पूmल पहिलेजस्तो ताजा थिएन, ओइलाइसकेको थियो तर पनि सुगन्ध ओइलाएको थिएन। ओइलाएर सुकिसकेको गुलाफको पूmलमा पनि यस्तो स्पष्ट अनुभव गर्न सकिने सुगन्ध देखेर त्यो किशोर आश्चर्यचकित भयो।

भोलिपल्ट पढ्न भनेर जाँदा उसले ओइलाएकै भए पनि त्यो पूmल आपूmसँगै लिएर गयो। पूmलको बारेमा उसले गुरुलाई सबै कुरा बतायो। उसका कुरा सुनेर गुरुले भने, ‘बाबु, यो कुनै आश्चर्यको विषय होइन। गुलाफको पूmलजस्तै हामी सबैसँग त्यो सुगन्ध छ। तिमी पनि गुलाफजस्तै एउटा पूmल हौ। तिमीले आफ्नो सुगन्ध त्यो पूmलले जस्तै कहिल्यै गुमाउनुहुँदैन। जीवनको अन्तसम्म पनि हामीले आफ्नो अस्तित्व कायम राख्न सक्नुपर्दछ। अरूका पछि लागेर आफ्नो मौलिकता बिर्सनुहुँदैन।

गुलाफको पूmलबाट त्यस दिन उसले धेरै कुरा सिक्यो। पूmलले स्वयंमा त्यो किशोरलाई केही बताएको थिएन, तापनि गुरुले मौन गुलाफ पूmलको सन्देशलाई बुझ्ने गरी सम्झाइदिनुभयो। ऊ त्यस दिन निकै खुशी भयो। यति सजिलै विनाखर्च बाँचुन्जेल जीवनको सुवास सबैतिर पैmलाउनुपर्छ भन्ने ज्ञान प्राप्त गर्न सफल भएकोमा ऊ दङ्ग थियो।

अर्कोदिन पनि गुरुले उसलाई गुलाफ फूलको त्यही सन्दर्भलाई थप व्याख्या गरी धेरै कुरा सम्झाउनुभएको थियो, ‘बाबु, मैले त तिमीलाई त्यति धेरै कुरा सिकाउन सक्दिनँ, जुन कुरा तिमीले गुलाफ पूmलबाट जानेका छौ। गुलाफ पूmल प्रकृतिको प्रतिविम्ब हो। त्यो पूmलको जुन सुगन्ध थियो, त्यो अन्तसम्म कायम रह्यो। उसलाई तिमीले कति पानीमा राख्यौ, माटोमा राख्यौ, घाममा सुकायौ, हिलोमा डुबायौ तर पनि उसको सुगन्ध यथावत् रह्यो, हराएन। न त उसले अरू कसैका नराम्रा कुरालाई आपूmमा आउन नै दियो। जन्मदेखि मृत्युसम्म उसको अस्तित्व सदैव कायम रह्यो। जन्मँदा पनि ऊ सुवासित थियो, मृत्युका समयमा पनि उसको सुवास समाप्त भएन। तिमी पनि गुलाफको पूmलजस्तै अस्तित्वशाली बन, मौलिक बन, सौरभशाली बन।

गुलाफको यो सन्दर्भका कारण गुरुकुलमा अध्ययन गर्दै गरेको त्यो शिष्यले जीवनलाई नयाँ शिराबाट बुझ्न र स्वीकार्न शुरू गर्यो। उसको त्यो स्वीकृति उसका लागि पछिल्ला दिनहरूमा कहिल्यै बोझ बनेन, बरु त्यही स्वीकारोक्तिका कारण जीवनका अनेक अप्ठ्याराहरूमा पनि उसले आफ्नो ऊर्जालाई खेर जान दिएन। आपूmभित्रको सम्भावनालाई पूरापूर सदुपयोग गर्दै प्रकृतिबाट प्राप्त ज्ञानलाई सार्थक तुल्यायो।
– अनुपमा गुरागाईं, भरतपुर, चितवन

प्रतिक्रिया दिनुहोस्