भारत जाँदै अर्थमन्त्री खतिवडा



नेपाल समाचारपत्र, काठमाडौँ ।
अर्थमन्त्री डा. युवराज खतिवडा भारत भ्रमणमा जाने भएका छन् । आज बुधबार दिउँसो १ बजे अर्थमन्त्री खतिवडा भारतको राजधानी नयाँ दिल्ली जाने कार्यक्रम रहेको बताइएको छ ।

भारतको हरियाणास्थित गुरुग्राममा हुने ‘प्रतिआतंकवाद सम्मेलन २०१८’ मा भाग लिन अर्थमन्त्री खतिवडा दिल्ली जान लागेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । मन्त्रिपरिषदको बैठकले नै यो सम्मेलनमा अर्थमन्त्री खतिवडालाई पठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्