विश्वकप छनोट : स्कटल्याण्डलद्वारा नेपाल ४ विकेटले पराजित



काठमाडौं । एकदिवसीय विश्वकप छनोट क्रिकेटमा स्कटल्याण्डलले नेपाललाई पराजित गरेको छ । बिहीबार जिम्बावेको बुलावायो मैदानमा भएको खेलमा नेपाललाई स्कटल्यान्डले  ४ विकेटले पराजित गरेको हो । नेपालले टस जितेर ब्याटिङ रोेजेको थियो । यसअघि नेपाल पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो ।

 

नेपालले दिएको १ सय ५० रनको सामान्य लक्ष्य स्कटल्यान्डले ४१.३ ओभरमा विकेटको ६ क्षतिमा पार गर्‍यो । स्कटल्यान्डका लागि कप्तान केल कोइट्जरले नटआउट ८८ रनको योगदान दिए। उनले १ सय ३६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।

प्रतिक्रिया दिनुहोस्