छाेरा भेट्न अाएका थापाकाे गाडीकाे ठक्करबाट मुत्यु



दाङ । गाडीको ठक्करबाट सोमबार एक जनाको मृत्यु भएको छ ।गाडीको ठक्करबाट तनहुँ रिसिङ गाउँपालिका– ६ का ६१ वर्षीय यामबहादुर थापाको मृत्यु भएको हो । ।

पोखराबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ५ ख ३१०१ नम्बरको बसले पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका– १ सुनडबरीमा थापालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

थापा तुलसीपुरमा रहेका छोरालाई भेट्न आउँदै गर्दा दुर्घटनामा परेका हुन् । बसको ठक्कटरबाट गम्भीर घाइते भएका थापाको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्