राष्ट्रियसभाका तीन मनोनित सदस्यको सुनुवाइ स्थगित



काठमाडौं । राष्ट्रियसभा सदस्य मनोनित तीन जनाविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ । न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा बहस सुरु भएको थियो । तर, निवेदकको तर्फबाट बहस गर्दै अधिवक्ता बाबुराम जोशीले दुबै न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने बताए ।

न्यायाधीश राउतले अन्तरिम आदेश दिएको तथा कार्की केपी ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता भएकाले ओली सरकारले गरेको सिफारिसबारे मुद्दा हेर्न नमिल्ने उनले बताए । लगत्तै दुवै न्यायाधीशले बहस रोके । आपसी छलफलपछि दुवैले मुद्दा हेर्न नमिल्ने जानकारी गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्